• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

by
१० मंसिर २०८०,
0
काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल, काभ्रे – काठमाडौं विश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ । “‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण” विषयक सम्मेलनले उच्चशिक्षाको अवस्था सुधार गर्न नेपालका विश्व विद्यालयहरूका लागि साझामार्गचित्र निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ।

सम्मेलनमा सहभागी उपकुलपतिहरुले नेपालका विश्वविद्यालयहरुले आज भोगिरहेको संकट र त्यसको समाधानका उपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाली विद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउन कार्ययोजना विकास गर्न प्रतिबद्धता व्यक्त गरे ।

सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामाआगामी फेरुअरी १५–१६, २०२४ माहुने उत्तर भारतका२ सय ५० भन्दा बढी विश्वविद्यालयकाउपकुलपतिको बैठकघि नेपालकाविश्वविद्यालयहरूको साझाआवाजनिर्माण गर्ने प्रतिबद्धता जनाए ।

धुलिखेलस्थितकाठमाडौंविश्वविद्यालयको मूलक्याम्पसमाभएको सम्मेलनमाप्रधानमन्त्रीपुष्पकमलदाहाल, शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्रीप्रमिलाकुमारीलगायतविश्वविद्यालयकाउपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममाबोल्दै प्रधानमन्त्रीदाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमानचुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्वऔंल्याए। उच्चशिक्षा संस्थारुको स्वायत्तताको आवश्यकताबारे प्रकाशपार्दै दाहालले विश्वविद्यालयकालागि स्वशासनको खाकानिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

“विश्वविद्यालयअनुदानआयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधानतथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउनविश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,” दाहालले भने । राज्यमन्त्रीप्रमिलाकुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपायखोज्नुपर्नेमा जोड दिइन् ।

“सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयकाप्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्यप्राप्त गर्न सम्भव छ ।” कुमारीले राष्ट्रिय र वैश्विकशैक्षिक मापदण्डको ठोस प्रावधानसहित उच्चशिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

काठमाडौं विश्व विद्यालयका उपकुलपति भोला थापाले राष्ट्रिय तथा क्षेत्रीय तह माशिक्षाको मापदण्डमा एकरूपता ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । थापाले उच्चशिक्षाको भविष्यका मार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकताऔंल्याए ।

थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयकाअधिकारी र विद्वानहरुको भेलाहुनु नेपालको उच्चशिक्षालाई सुदृढ बनाउने ऐतिहासिकअवसर भएको बताए । “साझा शैक्षिकहितको उद्धेश्यले ज्ञान आदानप्रदाद र सहकार्य गर्ने हाम्रो पहलहो ।”

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचान निर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुतरूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउनप्राविधिकरूपमा राम्रो बहु–विधागतसिकाइका स्थानहरूको महङ्खवकाबारे प्रकाशपारे ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्च शिक्षाका पेशाकर्मीमाझ पेशागत इमान्दारी र नैतिकजिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिक वातावरणमा सकरात्मक प्रभावपार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए । “अहिले हामीजहाँ छौं, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसकालाथिहामीले उच्चशिक्षाका सवालमा केन्द्रितहुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकायनिर्माण गर्नु आवश्यक छ,” वाग्लेले भने ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समापन सत्रमाबोल्दै काठमाडौं विश्वविद्यालयको पहलमा आयोजित सम्मेलने आयोगको पूरकको रुपमाकाम गरेको बताए । सम्मेलनले नेपालमाउच्चशिक्षाको सुदृढीकरणका र अन्तर्राट्रियकरणका लागिउल्लेखनीय योगदानदिने विश्वास व्यक्त गरे ।

सम्मेलनकाप्राविधिक सत्रमाविश्वविद्यालयकाशीर्ष नेताहरूले नेपालका शैक्षिकभविष्यकालागिमार्गचित्र प्रस्तुत गरेका थिए। नेपालखुलाविश्वविद्यालयकाउपकुलपतिशिलु मानन्धर बज्राचार्यले उच्चशिक्षालाई आकार दिने उद्देश्यसहित खुला शिक्षामा भएका पहलकाबारे बताइन् ।

उनले देश र विदेशका हरेक कुनाबाट सिक्नचाहनेहरुलाई पहुँचयोग्य स्व–निर्देशित, खुला सिकाइका अवसरको आवशयकतामाथि प्रकाश पारिन् । नेपाल विश्वविद्यालय विकास बोर्डका अध्यक्षअर्जुन कार्कीले नेपालको उच्च शिक्षालाई मानविकी तथा कला अध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्म राजजोशीले विद्यार्थी आदानप्रदान र गतिशीलता कार्यक्रम मार्फत उच्चशिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले नेपाली उच्चशिक्षालाई विश्वसँग जोड्न नेपालमा भइरहेका प्रयासका सबल र दुर्बल पक्षकाबारे प्रकाशपारे ।

Previous Post

सक्षम नेतृत्वको पर्खाइमा वुढानिलकण्ठ स्कुल

Next Post

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घरमा

सम्बन्धित खबर

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
जीवन शैली

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

२० चैत्र २०८२,
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !
फिचर-ब्यानर

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

२० चैत्र २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
Load More
Next Post
मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घरमा

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In