दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरीक्षण गरिरहेका थिए ।
पहिलो नेताः यदि मैले यहाँबाट ५०० को नोट फ्याँके भने यी पीडित जनता कति खुसी होलान हगि ?
दोस्रो नेताः मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कत खुसी होलान् त ?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोक्किँदै भनेछ)
पाइलटः यदि मैले तपाईंहरु दुवैलाई यहाँबाट फ्याँके भने ती जनताहरु सबैभन्दा बढी खुसी हुन्छन्….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













