• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मूर्ति बनाएरै घर–घडेरी जोडेका रामबहादुर

by
३० कार्तिक २०८०,
0
मूर्ति बनाएरै घर–घडेरी जोडेका रामबहादुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरको शुक्लाफाँटा–१०, झलारीका ३५ वर्षीय रामबहादुर विष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख विष्टको बचपनादेखिकै हो ।

‘स्कुल पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो’, विष्टले भने, ‘अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।’ मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहज रूपमा चल्दै आएको उनी बताउँछन् । ‘काम गर्न भ्याइनभ्याइ छ,’ उनले भने, ‘मासिक रूपमा ५० हजारदेखि ७० हजार रूपैयाँसम्म कमाइ हुन्छ ।’

मूर्तिकला नै जीवन जिउने आधार बनेको विष्ट बताउँछन् । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई पछुतो छैन ।

‘उच्चशिक्षा पढेर सरकारी नोकरी गर्ने अभिलाषा थियो,’ विष्टले भने, ‘मूर्तिकलामा रमाउन थालेपछि दाम र नाम दुवै चलेपछि त्यो सबै बिर्सिएँ, अहिले यही पेसा प्यारो लागेको छ, पढाइ पूरा गर्न नसकेको पछुतो छैन ।’

नेपालका अधिकांश ठाउँबाट मूर्ति बनाउने माग आउन थालेको विष्टले बताए । मूर्ति बनाउने तालिम भने उनले लिएका छैनन् । अरूले बनाएका मूर्ति हेर्दै सिक्दै गरेको उनको भनाइ छ ।

‘काम गर्दै जाँदा सीप निर्खादै गएँ, अहिले जुनसुकै मूर्ति बनाउन दिए पनि बनाउन सक्ने भएँ,’ विष्टले भने । आफूले पहिला पेन्टरको कामबाट कलाकारिता थालेको र त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने, शिलालेखसँगै मूर्ति कोर्न थालेको उनले बताए । काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुङ्गामा शिलालेखको काम गरेवापत उनले प्रति वर्गफिट दुई हजार पाँच सय ज्याला लिन्छन् ।

विष्टले मूर्ति बनाउनका लागि १० हजारदेखि ८० हजार रूपैयाँसम्म रकम लिन्छन् । ‘मूर्तिको प्रकृति हेरेर रकम लिने गरेको छु,’ उनले भने, ‘हालसम्म मझौला प्रकृतिका मूर्ति बनाउने माग आएको छ, ठूला मूर्ति बनाउने इच्छा भए पनि माग आएको छैन ।’

सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको विष्टको भनाइ छ । मूर्ति बनाउने कार्यसँगै उनले प्रशिक्षण पनि दिँदै आएका छन् ।

मूर्ति बनाउने कार्यबाट आएको रकमले विष्ट परिवारको घर खर्चसँगै छोरा छोरीलाई प्राविधिक शिक्षा पढाउन लाग्ने खर्च व्यहोरिदै आएको छ । यस पेसाबाट आएको रकमले उनले घरघरेडी पनि जोडेका छन् ।

‘यस पेसालाई अपनाए पछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महसुस गर्छु, नाम र दाम दुवै पाएपछि यही पेशालाई जीवन्त राख्छु,’ विष्टले भने ।

पैसाकै लागि विदेशिने युवालाई उनी स्वदेशमै काम गरे मान सम्मानसँगै दाम कमाउन सकिने सल्लाह दिन्छन् ।

Previous Post

चुट्किलाः पाईलटको रिस

Next Post

महावीरका केही अमर वाणीहरु

सम्बन्धित खबर

इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
Load More
Next Post
क्रोधलाई शान्तिले र अभिमानलाई नम्रताले जित्नुपर्दछ – महाबीर

महावीरका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In