• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वाधारको पर्खाइमा मालिका धुरी

by
३० कार्तिक २०८०,
0
पूर्वाधारको पर्खाइमा मालिका धुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी– प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए।

‘सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन’, उनले भने, ‘विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीबाहेकका दिनमा भक्तजन पनि आउँदैनन् ।’

मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन् । खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ ।

‘सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षाको आवश्यकता छ’, पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट मालिका दर्शन गर्न जानुभएका कृष्ण जिसीले भने, ‘धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुपर्यो । चिसो र असुविधाले बस्नै गाह्रो भयो ।’

रघुगङ्गा र मालिका गाउँपालिकाले गत वर्ष रु पाँच(पाँच लाख लगानी गरेर खानेपानी योजना निर्माण गरे पनि नियमित पानी आपूर्ति हुनसकेको छैन । बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा केही वर्षअघि पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पुर्याइदिए पनि मर्मतसम्भारको अभावमा दिगो हुन सकेन ।

तीन वर्षअघि गण्डकी प्रदेश सरकारको रु ४० लाख बजेटमा देउरालीबाट मालिका धुरीसम्म एक हजार दुई सय ७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग बनेपछि आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–७ का पलवीर जुग्जालीले बताए।

मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटबाट धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको छ । तीन वर्षअघि ठेक्का लिएका निर्माण व्यवसायीले काम नगर्दा धौलागङ्गाबाट नागीथलासम्म जोड्ने सडक विस्तार हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताएका छन् ।

‘पुरानो ठेकेदारलाई काम सम्पन्न गराउन ताकेता गर्नुका साथै यस वर्ष मालिका जोड्ने सडक स्तरोन्नति गर्न ८३ लाख विनियोजन भएको छ’, उनले भने, ‘गत वर्ष निर्माण भएको खानेपानी योजना मर्मत गरेर मालिकामा नियमित पानी आपूर्तिको व्यवस्था मिलाउँछौँ ।’

गण्डकी प्रदेश सरकारले मालिका धुरी जान प्रयोग हुने दरवाङ–बिम सडक कालोपत्र गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो योजनालाई रु २० करोड बराबरको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताए।

रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीबाट पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र चार लाख २० हजारमा बथानडाँडाबाट सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ ।

बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले बताए ।

‘सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ’, उनले भने, ‘म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।’

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो ।

Previous Post

विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

Next Post

चुट्किलाः पाईलटको रिस

सम्बन्धित खबर

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
समाचार

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

८ अशोज २०८३,
प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग
समाचार

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

८ अशोज २०८३,
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक
फिचर-ब्यानर

बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी साधन सञ्चालनमा रोक

८ अशोज २०८३,
दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो
फिचर-ब्यानर

दुई महिनामा ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

८ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

८ अशोज २०८३,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः पाईलटको रिस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In