• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

by
२३ अशोज २०८०,
0
नोबेल पुरस्कारबारे जान्नै पर्ने कुराहरू

FILE - A bust of Alfred Nobel on display following a press conference to announce the Nobel Committee for Physiology or Medicine, at the Karolinska Institute in Stockholm, Sweden, on Monday, Oct. 3, 2022. The first Nobel Prizes were presented in 1901, five years after Nobel's death. (Henrik Montgomery/TT News Agency via AP, File)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। अर्थशास्त्रतर्फको अन्तिम पुरस्कार घोषणासँगै यस वर्षका लागि नोबेल पुरस्कारहरूको घोषणा समाप्त भएको छ । हावर्ड विश्वविद्यालयकी प्रोफेसर क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

सन् २०२३ को नोबेल पुरस्कारहरूको घोषणा कोभिड(१९ विरुद्ध सफल एमआरएनए खोपको आविष्कार गर्ने दुई वैज्ञानिकलाई चिकित्साशास्त्र तर्फको पुरस्कार यही अक्टोबर २ ९असोज १५० मा प्रदान गरेसँगै सुरु भएको थियो ।

त्यसको भोलिपल्ट कसरी इलेक्ट्रोनहरू सेकेन्डको सबैभन्दा सानो हिस्सामा परमाणुको चारैतिर घुम्छन् भन्ने शोधका लागि तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको पुरस्कार प्रदान गर्ने निर्णय भयो ।

त्यसैगरी क्वान्टम डट्सको अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो । अक्टोबर ५ ९असोज १८० मा नर्वेली लेखक जोन फोसेले साहित्यतर्फको नोबेल पुरस्कार जित्नुभयो ।

त्यस्तै अर्को दिन इरानमा महिला र मानवअधिकारमाथि भएको दमनको विरोधमा अभियान चलाउनुभएकी र हाल बन्दी जीवन व्यतित गरिहनुभएकी अधिकारकर्मी नार्गेस मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कार आगामी डिसेम्बर १० मा प्रदान गरिनेछ ।

डाइनामाइटभन्दा धेरै शक्तिशाली विचार

स्विडेनका रसायनशास्त्री एवं १९औँ शताब्दीका व्यवसायी अल्फ्रेड नोबेलले नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । उहाँसँग तीन सयभन्दा बढी पेटेन्ट थियो तर नोबेल पुरस्कार स्थापना गर्नुअघि उहाँले आविष्कार गरेको डाइनामाइटले ठूलो ख्याति कमाएको थियो ।

चाँडै नै निर्माण क्षेत्र र खानीका साथै हतियार उद्योगमा डाइनामाइट लोकप्रिय भयो । यसले नोबेललाई धेरै धनी बनायो । जीवनको आखिरी समयतिर उहाँले आफ्नो सम्पत्तिलाई वार्षिक पुरस्कार कोषका लागि प्रयोग गर्ने निर्णय गर्नुभयो ।

उहाँको निधनको पाँच वर्षपछि सन् १९०१ मा पहिलो नोबेल पुरस्कार प्रदान गरियो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्कद्वारा अर्थशास्त्रका लागि छैटौँ पुरस्कार सिर्जना गरियो ।

प्राविधिकरूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई नोबेल विशुद्धतावादीहरूले नोबेल पुरस्कार नभने पनि यो पुरस्कार अन्य नोबेल पुरस्कारसँगै प्रदान गरिन्छ ।

नोबेल शान्ति पुरस्कार नर्वेमा

समग्ररूपमा स्पष्ट नभए पनि अल्फ्रेड नोबेलले शान्ति पुरस्कार नर्वेमा र अन्य पुरस्कार स्विडेनमा प्रदान गरिने निर्णय गर्नुभयो । नोबेल इतिहासकारहरूले उहाँको यो निर्णय स्विडेनको सैन्यवादको इतिहास एउटा कारण हुनसक्ने आशङ्का गरेका छन् ।

नोबेलको जीवनकालमा स्विडेन र नर्वे एउटै सङ्घमा थिए । स्विडेनले सन् १८१४ मा आक्रमण गरेपछि नर्वेलीहरू अनिच्छुक हुँदै सङ्घमा सामेल भएका थिए । ‘राष्ट्रहरूको मेलजोल’ लाई प्रोत्साहित गर्न नर्वे सबैभन्दा उपयुक्त हुनसक्छ भन्ने नोबेलले सोचेको हुनुपर्छ ।

त्यस दिनदेखि आजसम्म नोबेल शान्ति पुरस्कार पूर्णरूपमा नर्वेली मामिला भएको छ । नोबेल शान्ति पुरस्कारको छनोट र घोषणा नर्वेली समितिले गर्छ । शान्ति पुरस्कार अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा नर्वेको राजधानी ओस्लोमा आफ्नै समारोहमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्टकहोममा प्रदान गरिन्छ ।

नोबेल पुरस्कारले राजनीतिक मैदानभन्दा माथि मानवताको हितमा मात्र जोड दिन्छ । तर विशेषगरी कहिलेकाहीँ शान्ति र साहित्यतर्फको पुरस्कारमा राजनीतिकरण भएको आरोप लाग्ने गरेको छ । उच्च प्रोफाइल पुरस्कारका लागि छानबिन तीव्र हुनसक्छ जस्तो कि पदभार ग्रहण गरेको एक वर्षभन्दा कम समयमा सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभयो ।

नर्वेली नोबेल कमिटी एउटा स्वतन्त्र संस्था हो र अल्फ्रेड नोबेलको इच्छा पूरा गर्नु उसको एक मात्र मिसन हो । यद्यपि यो नर्वेको राजनीतिक प्रणालीसँग जोडिएको छ । कमिटीका पाँच सदस्य नर्वेली संसद्ले चयन गर्छ । त्यसैले कमिटीको संरचनाले संसद्को शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ ।

नोबेल शान्ति पुरस्कामा नर्वेको राजनीतिक नेताहरूले प्रभाव पार्छन् भन्ने धारणाबाट बच्न नर्वेली सरकार वा संसद सदस्यहरूलाई कमिटीमा राख्न निषेध गरिएको छ । यति हुँदाहुँदै पनि उक्त कमिटीलाई विदेशी मुलुकहरूले सधैँ स्वतन्त्ररूपमा लिँदैनन् ।

जेलमा रहेका चिनियाँ शासनबाट असन्तुष्ट लिउ जियाओबाले सन् २०१० को नोबेल शान्ति पुरस्कार जित्दा बेइजिङले नर्वेसँगको व्यापार वार्ता रोकेर प्रतिक्रिया दिएको थियो । नर्वे–चीन सम्बन्ध पुनःस्थापित हुन कयौँ वर्ष लाग्यो ।

सुन र महिमा

धेरै मात्रामा नगदका साथ प्राप्त हुनाले यो पुरस्कार यति लोकप्रिय हुनुको एउटा कारण हो । पुरस्कारको प्रबन्ध गर्ने नोबेल फाउन्डेसनले यस वर्ष पुरस्कारको राशि १० प्रतिशतले बढाएर एक करोड १० लाख क्रोनर ९करिब १० लाख अमेरिकी डलर० बनाएको छ ।

यसका साथै डिसेम्बर १० मा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमासमेत प्राप्त गर्नेछन् ।

अल्बर्ट आइन्स्टाइनदेखि मदर टेरेसासम्मको नोबेल पुरस्कार विजेताको सूचीमा परेका कारण अधिकांश नोबेल पुरस्कार पाउनेहरूले आफूलाई गौरवान्वित र विनम्र महसुस गर्छन् । तर दुई विजेताले पुरस्कार लिन अस्वीकार गरेका थिए ।

फ्रान्सेली लेखक जाँ पल सात्रले सन् १९६४ मा साहित्यतर्फको पुरस्कार अस्वीकार गर्नुभएको थियो भने अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरसँग साझा गरेर सन् १९७३ मा प्रदान गरिएको शान्ति पुरस्कार भियतनामी राजनीतिज्ञ लि डक थोले लिन अस्वीकार गर्नुभएको थियो ।

जेलमा रहेकाले धेरैले उक्त पुरस्कार ग्रहण गर्न सकेका छैनन् । रुस र युक्रेनका मानवअधिकारवादीहरूसँग साझारूपमा गत वर्ष शान्तितर्फको पुरस्कार पाएका बेलारुसका प्रजातन्त्रवादी नेता एलेस बियालियात्स्कीले बेलारुसको जेलमा रहेकाले ग्रहण गर्न सक्नुभएको थिएन ।

विविधताको अभाव

ऐतिहासिकरूपमा नोबेल पुरस्कार पाउनेहरूमा श्वेत मानिसहरूको बहुमत छ । यद्यपि अहिले त्यसमा परिवर्तन हुन थालेको छ । विशेषगरेर विज्ञानको श्रेणीमा नोबेल पुरस्कार पाउनेहरूमा थोरै मात्र विविधता छ ।

सोमबारको पुरस्कार घोषणासँगै विज्ञान श्रेणीमा २८ गरी हालसम्म कूल ६४ महिलाले उक्त पुरस्कार प्राप्त गरेका छन् । पाँच महिलाले भौतिकशास्त्रतर्फ र तीन महिलाले अर्थशास्त्रतर्फ पुरस्कार प्राप्त गरेका छन् । यस वर्षको नोबेल पुरस्कार विजेतामध्ये चार जना महिला थिए ।

नोबेल पुरस्कारका प्रारम्भिक दिनहरूमा विजेताहरूबीचको विविधतालाई सामान्यतया वैज्ञानिकहरूबीचको विविधताको कमीलाई व्याख्या गर्न सकिन्थ्यो । तर अहिले आलोचकहरूले उत्तर अमेरिका र युरोपबाहिरका महिला र वैज्ञानिकहरूले गरेको कामलाई उजागर गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

पुरस्कार कमिटीले राष्ट्रियता र लिङ्गका आधारमा नभई वैज्ञानिक आधारमा निर्णय लिइने गरेको बताएको छ । यद्यपि उनीहरूले आलोचनालाई नजरअन्दाज गरेका छैनन् ।

पाँच वर्षअघि रोयल स्विडिस एकेडेमी अफ साइन्सले आफ्नो मनोनयनमा महिला वा अन्य जाति तथा राष्ट्रियताका मानिसलाई बेवास्ता नगर्ने भनी सुनिश्चित गर्न मनोनयन गर्ने संस्थासँग सोध्न सुरु गरेको बताएको थियो ।

Previous Post

रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी

Next Post

घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In