रुघा लाग्दा हुने बन्द नाक घरेलु उपाय द्वारा नै खोल्न सकिन्छ । जसका लागि निम्नानुसारको उपचार विधि अपनाउन सकिन्छ—
— पानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर हाल्ने र दुई मिनेटपछि त्यो पानीको बाफ लिने । दिनमा दुईपटक यो कार्य गर्नाले बन्द नाकमा धेरै राहत पाउन सकिन्छ ।
– कागती हालेको चियामा चियाचम्चाको एक चम्चा मह हालेर पिउनाले पनि नाक खुल्छ ।
– एक चम्चा सस्र्युंको तेल तताएर हल्का चिसो हुन दिएर त्यसका केही थोपा नाकमा हाल्नाले नाक खुल्छ ।
– नूनपानीको घोल बनाई त्यो घोलले नाक धुनाले नाकमा भएका ब्याक्टेरिया र भाइरस सकिन्छन् र नाक खुलेर आराम पाइन्छ ।
– एउटा सफा रुमाललाई तातो पानीमा भिजाउने र त्यसलाई बन्द नाकमा राखेर सेक्ने । यसो गर्दा आराम अनुभव हुन्छ ।
– तुलसीको पात खाँदा पनि बन्द नाक खुलाउने काम गर्छ ।
– एक कप मनतातो पानीमा दुई चम्चा मह हालेर पिउनाले बन्द नाक खुलाउँछ र घाँटी खसखसाएको पनि हटाउँछ ।













