राधाले कान्तालाई सोधिन्—
तँलाई थाहा छ बेवकुफलाई सस्पेन्समा कसरी राखिन्छ ?
कान्ताले उत्सुक भएर भनिन्— थाहा छैन, तैँ भन न ।
राधाले तुरुन्तै भनी— फेरि कुनै दिन भनौँली ।
एकचोटी किस गरम
काले आफ्नी मायालु कालीसित पार्कमा माया पिरतीका कुरा गर्दै बसिरहेको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडि आई बसे र एकअर्कामा किस गर्न थाले ।
यो देखेर काले लजाउँदैः तिमी रिसाउँदिनौँ भने म पनि एकचोटी किस गरम् ?
कालीः हुन्छ गर तर त्यसको ब्वाईफ्रेन्ड रिसाउला नि फेरि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













