काठमाडौं । स्वास्थ्य सेवा विभागले १० जना सुरक्षा गार्ड करारमा मागेको छ । विभागले शुक्रबार सूचना जारी गर्दै टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षा गार्ड मागेको हो ।
त्यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ । नियुक्त भएका सुरक्षा गार्डको सेवाअवधि एक वर्ष हुनेछ ।
सेवा सन्तोषजनक रहेमा एक वर्ष म्याद थप गर्न सकिने समेत विभागले जानकारी गराएको छ । इच्छुक व्यक्तिले असोज १५ गतेसम्म आवेदन दिन सक्ने विभागले जनाएको छ ।













