• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घरबास प्रवर्द्धनकोे माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’

by
३१ साउन २०८०,
0
घरबास प्रवर्द्धनकोे माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट । जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो ।

जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ ।

यहाँ गुरुङलाई ग्रामीण पर्यटनका पिता भनेर चिनिने गरिन्छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति उद्यानमा अहिले सम्म रु ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ ।

यसका लागि मूलाबारी भ्युटावर, सङ्ग्रहालयसँगै उद्यान निर्माण गरेपछि घरबासमा आउने पर्यटकसमेत वृद्धि भएका छन् । घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुने जनाउँदै पर्यटक रमाउने र घरबासका परिकल्पनाकारको सम्मान गर्न उद्यान निर्माण थालिएको हो । अहिले आधारभूत पूर्वाधार निर्माण भएको उद्यान निर्माण समितिका सल्लाहकार खिमबहादुर थापाले जानकारी दिए ।

“गण्डकी प्रदेश सरकारले चारवर्ष अघि प्रदेशका सामुदायिक घरबासलाई १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने भन्यो, हामीले घरबासलाई दीर्घकालीन रुपमा फाइदा पुर्याउन के गर्न सक्छौँ भन्ने विषयमा छलफल चलाइयो, निष्कर्षमा उद्यान निर्माण गर्ने भनेर डिपिआर बनाइयो” उनले भने “उद्यान नामाकरण समेत ग्रामीण पर्यटनसँग जोडिने गरी राख्ने विषयमा नेपालमा घरबास सञ्चालनको परिकल्पनाकार रुद्रमान गुरुङको नाममा उद्यान निर्माण गर्ने भनेर १० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित बनाउन थालिएको थियो, अहिले उद्यानको आकार र अत्यावश्यक पूर्वाधार निर्माण भइसकेको छ ।”

सल्लाहकार थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुई तर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालय सहित क्याप्टेन रुद्रमान गुरुङको सालिक स्थापना भइसकेको छ ।

उद्यान निर्माणमा चारवर्ष अघि पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रम अन्तर्गत १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रु २० लाख र बागलुङ नगरपालिकाको रु चार लाख गरी रु ३४ लाख खर्च भइसकेको छ ।

यस्तै स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले उद्यान निर्माणमा झण्डै पाँच लाख चन्दा सहयोग गरेको रकमसहित उद्यान निर्माणमा रु ३९ लाख खर्च भइसकेको छ ।

उद्यान निर्माणमा स्थानीयवासीलेसमेत समय–समयमा श्रमदान गर्दै आएका उहाँको भनाइ छ । विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्यानले पूर्णता पाउन रु तीन करोड लाग्ने जनाइएको भए पनि उद्यान सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

दश रोपनी जग्गामा फैलिएको उद्यानको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगँैचा र दुई रोपनी जग्गामा बालबालिका उद्यान निर्माण गर्ने लक्ष्य लिइएको बागलुङ जिल्लाको पहिलो घरबास अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताए । उनले उद्यान सञ्चालनखर्च उद्यानबाटै उठाउने गरी फलफूललाई समेत आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिए ।

बागलुङ–१० भकुण्डेमा रहेको अतिथि सत्कार घरबासले चारवर्ष अघिदेखि उद्यान निर्माण सुरुआत गरिएकोे थियो । घरबासका मुना थापाका अनुसार गुरुङको शालिकसहितको उद्यान निर्माणले ग्रामीण पर्यटन फष्टाउँदै घरबासमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताए ।

“ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो भने उनको नाम र उद्यानले समग्र भकुण्डेको पर्यटन व्यवसाय फष्ठाउने छ” उनले भने, “घरबासकै पहल र सक्रियतामा यहाँ उद्यान बन्दैछ केही वर्षमै उक्त उद्यान जिल्लाकै नमूना उद्यान बन्ने छ, घरबासमा आएका पर्यटकहरुलाई भ्यूटावर, सङ्ग्रहालय, बराह तालसँगै उद्यानले पर्यटकहरुको बसाइँ लम्बाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।”

उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छ । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका छन् ।

अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे क्या रुद्रमान गुरुङको प्रयासमा विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो ।

नकै अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै जिल्लाकै पहिलो घरबास नजिकै उनकै सम्झनामा वृहत पार्क निर्माण भइरहदा पर्यटक आर्कषित हुनेछन् ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाइँ अनुसारको सेवा सुविधा दिइँदै आएको छ । सुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् ।

घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्याअवलोकन तथा तालहरुले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकले बताउँदै आएका छन् । भकुण्डेको शिरमा हीरा ताल र तल बराहताल रहेका छन् ।

स्थानीय उत्पादनको स्वादको मज्जा लिन, हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्राकृतिसँग रमाउन आन्तरिक पर्यटक घरबाससम्म पुग्ने गरेका छन् । घरबासमा कोदोको सेल रोटी, आलुको परिकार, गुन्द्रुकको परिकार लगायतको अर्गानिक स्वाद लिन सकिने छ ।

Previous Post

बक्स अफिसमा गदर-२ को सुनामी

Next Post

अमेरिकाको फ्लोरिडामा देखा परयो डेंगु, अपनाइदै उच्च सतर्कर्ता

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
अमेरिकाको फ्लोरिडामा देखा परयो डेंगु, अपनाइदै उच्च सतर्कर्ता

अमेरिकाको फ्लोरिडामा देखा परयो डेंगु, अपनाइदै उच्च सतर्कर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In