काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको विषयलाई लिएर मन्त्रालयले तयारी गरिरहेको जनाएका छन् ।
मन्त्री साउदले आगामी भदौ महिनाको तेस्रो साताभित्र प्रधानमन्त्री दाहालले चीनको भ्रमण गर्ने गरी मन्त्रालयले तयारी सुरु गरेको जानकारी दिए ।
उनले भ्रमणमा चीनसँगको व्यापारलाई नेपालमा प्राथमिकताका साथ आयात(निर्यातका विषयलाई जोड दिने बताए । त्यसैगरी चीनले नेपाललाई दिँदै आएको आर्थिक अनुदानलाई आयोजनामा विनियोजन गर्नेलगायत कोरोनाकालमा बन्द रहेका नाकाहरुलाई खोल्ने विषयमा छलफल हुने मन्त्री साउदको भनाइ छ ।
उनले दुईदेशबीच विवादका मुद्दाहरु नरहेको भन्दै चीनसँगको व्यापारमा रहेको घटालाई कसरी घटाउन सकिन्छ भन्नेमा जोड दिने उनको भनाइ छ ।













