मिस कक्षामा नेपाली विषयअन्तर्गत व्याकरण पढाइरहेकी थिइन्—
मिसः म राम्री छु । यो कुन काल हो ?
रमेशः यो भूतकाल हो मिस ।
मिसः के रे ? भूतकाल हैन, यो वर्तमान काल हो ।
रमेशः नीताले भनेको भए वर्तमान काल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भूतकाल नै भयो नि मिस ।
कसरी कमजोर भन्नु सर ?
निरीक्षकः शिक्षकलाई, के हो यो स्कुलका विद्यार्थी त कमजोर छन् भन्ने सुन्छु नि ?
शिक्षकः आफ्नो सुन्निएको अनुहार देखाउँदै, मलाई यस्तो घाइते बनाउने विद्यार्थी छन्, कसरी कमजोर भन्नु सर ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













