– सचेतन क्रियाप्रधान र अहङ्कारप्रधान छन् । मनुष्य अहम्प्रधान छ । यो अहङ्कारको समग्र प्रक्रियालाई सम्झनु आत्मज्ञान हो ।
– मनुष्य धेरैजसो सतही उपासक छन् । अक्रियाबाट अनायास कोही बुद्धपुरुष प्रज्ञामा प्रतिष्ठित हुन्छ । पढेर वा नाक समातेर मात्र सृष्टितः अद्यावधि कोही पनि प्रज्ञामा प्रतिष्ठित भएको छैन । पुराना धार्मिक अवतार पढेर गफ गर्ने, अमुक भाषामा कुशलता ल्याउनु ज्ञानबन्धुता हो, प्रज्ञा होइन । मनुष्य समाजको चेतनाको यो दुर्गति, महाविनास गर्ने, लोभी, स्वार्थी र अज्ञानी ज्ञानबन्धुहरू नै हुन् ।
– कर्म गरेर कर्मफलको इच्छा त गर्नु, भन्ने शब्द स्वयं अनुभवहीन अनुगामिताको दर्शन मात्रै हो ।
– प्रतिक्रिया हुन्छ, प्रतिक्रिया नहुनु त मृत्यु हो । परन्तु आवश्यक यो छ कि प्रतिक्रियाले भूत या भविष्यमा जरो पैmलाउन नपाओस् । प्रतिक्रिया उठ्ने क्षणमा सजग हुनु तथा तत्काल उसलाई समाप्त गर्न सक्नुपर्छ ।
– स्मृति और कल्पनाविहीन निस्तब्ध अवस्थामा हुनु एकाकी हुनु हो ।
– जसले प्रकृतिलाई प्रेम गर्दैन, उसले मनुष्यलाई पनि प्रेम गर्न जान्दैन वा सक्दैन ।
– सजग श्रवण तथा धैर्यपूर्वक प्रतीक्षा गर्न जान्नुपर्छ । आपूmले प्रत्यक्ष नगरेको कुनै काल्पनिक वा अनुमानिक विवाद संवादमा लाग्नु नै गफ हो ।
– प्रेत (विगत, मृत) र संसारी दुवैसित बँच्नु ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट