१. निस्वार्थता नै धर्मको कसी हो । जो जति बढी निस्वार्थ छ ऊ त्यति बढी आध्यात्मिक र शिवको समीप छ ।
२. विचार वा भाव नै मनुष्यलाई उत्तेजित गर्दछन् । आदर्शले नै मानिसहरुलाई मृत्युको पनि सामना गर्न तयार पार्दछन् ।
३. हाम्रो देशलाई आज जुन कुराको आवश्यकता छ त्यो फलामका मांशपेशी र स्टीलका स्नायु, प्रचण्ड इच्छाशक्ति जसलाई संसारको कुनै तागतले अवरोध गर्न नसकोस् । जो जगतका गुप्त तथ्य र रहस्यको भेदन गर्न सकून् । जुन उपायले पनि आफ्नो लक्ष्यको पूर्ति गर्न समर्थ होऊन् । त्यसपछि चाहे समुद्रको पिँधमै पनि पुग्न किन नपरोस्, साक्षात मृत्युकै सामना गर्न किन नपरोस् ।
४. साहसी र शक्तिशाली बनेर उभियू । सम्पूर्ण उत्तरदायित्व आफ्नो काँधमा बोक र बुझ कि तिमी नै आफ्नो भाव्य विधाता हौ । तिमीलाई जति शक्ति चाहिन्छ त्यो तिमीभित्रै छ । अतः आफ्नो भविष्य तिमी स्वयम् निर्माण गर ।
५. देशभक्त बन्ने दिशामा प्रथम पाइला भोकले पीडित करोडौँ मानिसप्रति संवेदनाको अनुभव गर्नु हो ।
६. कर्म गर्नु नै उपासना गर्नु हो, विजय पाउनु नै त्याग गर्नु हो । स्वयम् जीवन नै धर्म हो । यसलाई प्राप्त गर्नु र आफ्नो अधिकारमा राख्नु त्यति नै ठूलो र कठोर तपस्या हो जति कि यसको त्याग गर्नु र यसबाट विमुख हुनु ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













