• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ट्रम्पले गोप्य दस्तावेजको बारेमा अनधिकृत पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक

by
१३ असार २०८०,
0
अर्को साता के घोषणा गर्दैछन् ट्रम्प ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।

सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस बिषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएकोे हो ।

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ ।

“यी कागजातहरू हुन्,” ट्रम्पले रेकर्डिङमा भनेका छन् । यो उद्धरण भने अभियोग पत्रमा समावेश गरिएको थिएन ।

अडियोमा उनले कुनै कुरालाई ‘अति गोप्य’ अर्थात् ‘यो गोप्य जानकारी हो’ भनेर पनि सङ्केत गर्नुभएको र कोठामा अरूलाई केही देखाइरहेको बुझिन्छ ।

“यो सेनाले गरेको थियो र मलाई दिइएको थियो,” श्रव्य सामग्रीमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भन्नुभएको छ । यसमा उक्त दस्तावेज ‘वर्गीकृत गरिएको’ उल्लेख छ ।

“तपाईं देख्नुहुन्छ, राष्ट्रपतिको रूपमा मैले यसलाई सार्वजनिक गर्न सक्थें । अब म सक्दिन, तपाईंलाई थाहा छ,” उनले भनेका छन् ।

“अब हामीलाई समस्या हुन्छ,” ट्रम्पको भनाइलाई पछ्याउँदै उहाँका एक कर्मचारीको आवाज सुनिन्छ ।

“के यो रोचक छैनरु यो धेरै राम्रो छ,” ट्रम्प भन्छन् र रेकर्डिङ समाप्त हुन्छ अनि उनले कसैलाई केही कोकहरू ल्याउन आह्वान गर्छन् ।

यसै महिनाको सुरुमा ट्रम्पले अमेरिकी सरकारका गोप्य सूचनाहरूलाई जानीजानी गलत तरिकाले व्यवस्थापन गरेको र उनीहरूलाई फर्कन नदिन षडयन्त्र गरेको ३७ वटा अभियोगमा आफू निर्दोष रहेको स्वीकार गर्दै आपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

न्याय विभागले अर्को वर्ष ह्वाइट हाउस मा पुनः विजय हासिल गर्ने होडमा रहेका ट्रम्पले जासुसी ऐन र अन्य कानूनको उल्लङ्घन गरेको आरोप लगाएको छ ।

विभागले भनेको छ, “उनले पद छोडेपछि गोप्य कागजातहरू हटाउनुभयो र तिनीहरूलाई राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गर्न असफल भए ।”

सन् २०२१ को जुलाईमा राष्ट्रपतिबाट हटिसकेका ट्रम्पले एक लेखक, एक प्रकाशक र उनका दुई कर्मचारीसँग गरेको अडियो रेकर्डिङसहितका ‘गोप्य’ र ‘अति गोप्य’ प्रमाणहरू भएको दस्तावेज सार्वजनिक गरे अभियोग दर्ता गरिएको छ । अर्बपति विपक्षी नेता ७७ वर्षीय ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो समुन्द्री किनारको हवेलीमा गैरकानुनी रूपमा लगेका दर्जनौँ गोप्य कागजातहरू जानीजानी जम्मा गरेको, फिर्ता गर्न इन्कार गरेको र अनुसन्धानकर्ताहरूलाई उनीहरूको पुनः प्राप्तिको लागि अवरोध गर्ने षडयन्त्र गरेको आरोप लगाइएको छ ।

ट्रम्पमाथि सुरक्षा अनुमति नभएका व्यक्तिहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू साझा गरेको आरोप पनि लगाइएको छ ।

उनको फौजदारी मुद्दाको सुनुवाई अगष्ट १४ देखि सुरु हुने तय भएको छ, तर उहाँको कानुनी टोलीले प्रारम्भिक मिति महिनौं पछाडि धकेल्ने सम्भावना छ ।

Previous Post

यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगर मातहतका सहकारीलाई बालेनको निर्देशन

Next Post

सामान्य ज्ञान पढौँ र जानौँ

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
सामान्य ज्ञान पढौँ र जानौँ

सामान्य ज्ञान पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In