• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्दियामा बाघ हेर्न पर्यटक बोलाउँदै पर्यटन व्यवसायी

by
४ असार २०८०,
0
बर्दियामा बाघ हेर्न पर्यटक बोलाउँदै पर्यटन व्यवसायी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बाघ हेर्न पर्यटक बोलाउँदै बर्दियाका पर्यटन व्यवसायी काठमाडौँ आएका छन् । कोभिड महामारी र आर्थिक मन्दीले थलिएको पर्यटन क्षेत्र उकासिँदै गएका बेला बर्दियाका पर्यटन व्यवसायी पर्यटक बोलाउन पोखरा हुँदै काठमाडौँ आएका हुन् ।

‘वन्यजन्तुमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम’ गर्दै बर्दियाका पर्यटन व्यवसायी तथा अभियान्ता काठमाडौँ आएर बाघ हेर्न पर्यटक बोलाएका हुन् । पछिल्लो समय बर्दियामा बाघको संख्या बढेसँगै बाघ हेर्ने पर्यटक पनि बढेका छन् ।

प्रकृति पथ प्रदर्शक संघ, पर्यापर्यटन विकास मञ्च, होटल संघ नेपाल बर्दिया च्याप्टरले आइतबार पर्यटन बोर्डमा कार्यक्रम गरेर बर्दियामा बाघ हेर्न पर्यटकलाई आह्वान गरेका हुन् । ठाकुरबाबा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन व्यवसायी मेघ आले लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दियाका पर्यटन अभियान्ता तथा पर्यापटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बर्दिया पर्यापर्यटनका दृष्टिकोणले विश्वकै उत्कृष्ट रहेको भन्दै बर्दिया आउन पर्यटकलाई आह्वान गरे । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ, गैँडा, हात्ती लगायत वन्यजन्तु रहेको भन्दै उनले बर्दियामा पर्यटकको स्वागतका लागि आफूहरु पर्खिरहेको बताए ।

‘विश्वका सञ्चारमाध्यमले उत्कृष्ट गन्तव्यका रुपमा परिचित गराएको बर्दियामा स्वागतका लागि हामीहरु पर्खेर बसेका छौँ’ उनले पर्यटन बोर्डको कार्यक्रममा भने, ‘तपाई लगायत स्वदेशी तथा विदेशी पर्यटक बर्दिया आउनुहुनेछ भन्ने आशामा बसेका छौँ ।’

कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, बोर्डका वरिष्ठ निर्देशक हिक्मत ऐर, हानका अध्यक्ष विनायक शाहले पनि बर्दिया पर्यटकीय गन्तव्यका हिसाबले उत्कृष्ट रहेको धारणा राखेका थिए । बर्दियामा बाघको संख्या बढेपछि जंगल सफारी गर्ने पर्यटकको संख्या बढेको छ ।

कोभिडपछि मुश्किलले तंग्रिएको पर्यटन क्षेत्र पछिल्लो समय आर्थिक मन्दीको संकटमा परेपछि बर्दियाका पर्यटन व्यवसायी तथा अभियान्ता प्रवद्र्धनात्मक कार्यक्रम गर्दै पोखरा हुँदै काठमाडौँ आएका हुन् । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने पथ प्रदर्शकले आफ्नो अनुभव सुनाएका थिए भने बर्दियाको पर्यटनबारे समेटिएका फोटो तथा भिडियो पनि प्रदर्शन गरिएको थियो ।

Previous Post

उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

Next Post

चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका

चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In