• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

by
३१ जेष्ठ २०८०,
0
गोरखामा बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा। गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बसपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिए।

गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उनले बताए। ताल निर्माणका लागि प्रस्ताव गरिएको स्थानमा करिब दुई सय जनाभन्दा बढी घरपरिवारको जग्गा पर्ने भए पनि उनीहरू जग्गा दिन तयार रहेको संयोजक बस्न्यातले जानकारी दिए।

‘बोकोर्लोक ताल निर्माणका लागि पञ्चायतकालमा नै एकपटक डिपिआर भएको थियो तर त्यो त्यत्तिकै हरायो’, उनले भने, ‘निर्वाचनका बेला ताल निर्माणका लागि सबै उम्मेदवारले पहल गर्ने प्रतिबद्धता जनाउने गरे पनि जितेर गएपछि त्यसलाई भुल्ने गरेका छन् ।’ संयोजक बस्न्यातले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत ताल निर्माणका लागि पहल गरिदिन आफूहरूले माग गरेको बताए।

‘प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत बोकोर्लोक ताल निर्माणका लागि ज्ञापनपत्र बुझाइएको छ’, उनले भने, ‘उहाँहरूले यस विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन् ।’ संयोजक बस्न्यातले गोरखा नगरपालिकाले बोकोर्लोक ताललाई गौरवको योजनाका रूपमा अघि बढाउनुपर्ने बताए।

उनले नगरप्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसलीमाया थोकरले ताल र बसपार्क निर्माण गर्न पहल गरिएको क्षेत्रको स्थलगत अवलोकन गरी निर्माणका लागि प्रक्रिया सुरु गर्न नगरपालिका तयार रहेको बताएको जानकारी दिए । बोकोर्लोक ताल निर्माण गर्न सके पर्यटन विकासमार्फत सिङ्गो गोरखा जिल्लाले आर्थिक, सामाजिकरूपमा फाइदा लिनसक्ने उल्लेख गरे ।

त्यस्तै ताल निर्माणका हुँदा स्थानीयस्तरमा समेत पर्याप्त रोजगारीको सम्भावनासमेत बढ्ने स्थानीयवासीको भनाइ छ । त्यस्तै प्रस्तावित ताल निर्माणस्थलसँगै करिब दुई सय रोपनी क्षेत्रफल जमिनमा गोरखा बसपार्क निर्माण गर्नसमेत स्थानीयवासीले प्रस्ताव गरेका छन् । ‘बसपार्कका लागि करिब ७० घरपरिवारको जग्गा पर्ने अनुमान गरिएको छ’, उनले भने, ‘धेरैजसोको लालपुर्जासमेत संकलन गरी जग्गा उपलब्ध गराउन सहमतिपत्रमा हस्ताक्षरसमेत गराइसकिएको छ ।’

गोरखा नगरपालिकाका सबै वडाको मध्यभागमा पर्ने तथा गोरखा आँबुखैरेनी सडकखण्डसँग जोडिएको क्षेत्र भएकाले उक्त क्षेत्र बसपार्कका लागि उपयुक्त हुने संयोजक बस्न्यातको भनाइ छ । बसपार्क निर्माणका लागि करिब दुई सय रोपनी जग्गा आवश्यक पर्ने अनुमान गरिएको भन्दै उनले त्यसमा चार सयवटा सवारीसाधन आउजाउ र पार्किङका लागि उपयुक्त हुने उनको भनाइ छ ।

सम्म धरातल भएका र सदरमुकामबाट जिल्लाका अन्य क्षेत्रमा सवारी छुट्नका लागि अहिले बसपार्क निर्माण गर्न प्रस्ताव गरिएको क्षेत्र उपयुक्त हुने स्थानीयवासीको भनाइ छ । ‘बजार नजिक प्रशस्त जग्गा अन्य ठाउँमा नरहेको र सम्म धरातल भएकाले निर्माणका कम खर्च हुने हाम्रो अनुमान छ’, संयोजक बस्न्यातले भने, ‘यो ठाउँ बसपार्क निर्माणका लागि सबैभन्दा उपयुक्त ठाउँ भएको हाम्रो ठम्याइ छ ।’

बसपार्क निर्माणका लागि जिल्ला समन्वय समिति र नगरपालिकासँग डिपिआरका लागि आफूहरूले छलफल गरिरहेको उनले बताए । बसपार्क निर्माणका लागि स्थानीय समितिले गएको वैशाख ९ गते र बोकोर्लोक ताल निर्माणका लागि जेठ ६ गते जग्गाका मोहीहरूसँग छलफल गरेको थियो ।

Previous Post

प्रविधिमय बन्दै सामुदायिक विद्यालय

Next Post

बागलुङका केही घरमा अझै पनि टुकीकै भरमा उज्यालो

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
बागलुङका केही घरमा अझै पनि टुकीकै भरमा उज्यालो

बागलुङका केही घरमा अझै पनि टुकीकै भरमा उज्यालो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In