पतिः बर्माजीले भन्दै थिए कि उनले बिहान एक घण्टासम्म ढोका ढकढकाइरहेका छन् त तिमीले आवाज सुनेनौ ?
पत्नीले भनीः हो, आफ्नो टमी भुकिरहेको थियो, यसैले ढोका ढकढक्याएको आवाज सुनिनँ ।
पतिः त कुकुरको आवाज सुनेर सम्झ कि कोही आएको छ ।
पत्नीः तर कुकुर त अर्काे कुकुरलाई देखेर पनि भुक्छ ।
बाध्यता छ
रेष्टुरेन्टमा कुराकानी गर्दै युवकले युवतीलाई भन्यो के तिमी मसँग विवाह गर्न सक्दिनौं ?
युवतीले भनी – सक्दिनँ, बाध्यता छ ।
युवक –युवकले वेटरलाई बोलायो र भन्यो, हाम्रो बिल अलग –अलग ल्याउनु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












