• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

महोत्तरीमा हराउँदै सनपाट खेती

by
९ जेष्ठ २०८०,
0
महोत्तरीमा हराउँदै सनपाट खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी– पछिल्लो समय महोत्तरीमा सनपाट खेती हराउँदै जान थालेको छ । करिब दुई दशकअघिसम्म सबैजसो किसानले गर्ने खेती देखिन छाडेको हो । घरायसी प्रयोजनका नाम्ला, दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती अब जिल्लामा गर्न छाडिएको छ ।

जिल्लाको भङ्गाहा नगरपालिका–४ का ७८ वर्षीय दलबहादुर फुँयालका हातमा अन्य कामबाट फुर्सत मिल्नासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा ९काठको तीन मुख भएको फिरफिरे० हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने उनी अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गरेका छन् ।

‘पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर बाँकी बेचिन्थ्यो,’ किसान फुँयालले भने, ‘अब सनपाट लगाउने आफ्नो शक्ति छैन, गरिआएको काम के गरौँ रु बोरा उधिनेर सुत्री कातिन्छ ।’

फुँयालमात्र नभएर मधेसमा पाका उमेरका किसान अन्य कामबाट फुर्सद भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्क साथीबीच कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानको आम काम देखिँदै आइएको छ । पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरेका ७५ वर्षीय अशवा चौधरी थारू बताउँछन् ।

करिब दुई दशकअघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गरिएको सो बस्तीकै चौधरी र फुँयालका समवयी योगेन्द्र महतो बताउँछन्। ‘आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरूले यो खेतीमा ध्यान दिँदैनन्, ‘किसान महतो भन्छन्, ‘तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पुर्याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हुँ ।’ पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका उनको भनाइ छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । सनपाट छरेको २०–२२ दिन ९करिब तीन साता० भएपछि लहलह हुन्थ्यो । असार लाग्नासाथ धान रोपिनुअघि लहलहाएको सनपाटसहितै जोतेर खेत हिल्याइन्थ्यो । पुराना कुरा सम्झँदै बर्दिबास–९ पशुपतिनगरका किसान ६५ वर्षीय महेन्द्र महतो सम्झन्छन्, ‘जेठ पहिलो साता छरिएको सनपाटसहितै जेठ मसान्तताका खेत जोतेर हिल्याएपछि पाँच–सात दिनमा गलेर मल बन्थ्यो,’ उनी भन्छन्, ‘त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।’

सनपाट खेतीले जग्गाको उर्वराशक्ति बढाउने किसान बताउँछन् । ‘डाँठ र पात कुहाएर कम्पोष्ट मल हुने र जराका गिर्खाले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वराशक्ति बढाउन उपयोगी भएको हो,’ खेतीपातीबारे लामो अनुभव सँगालेका उनले भने ।
सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन गलाउनुपर्छ । पानीमा गलेर डाँठ र पाट छुट्टिने भएपछि पानीको दहमै पिटेर पाट ९रेशा० निकालिन्छ । विगतमा महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०–१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको प्रचलन पनि सुक्दै गएको किसान बताउँछन् ।

सनपाटको रेशा ९धागो० सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी ९डाँठ० दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन÷जगाउन बचाएर राख्ने पुरानो चलन यताका पाका गृहिणी बताउँछन् । सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेसको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरुको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै संज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पुरानो विगत यहाँका पाका किसान सम्झन्छन् ।

यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ । कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएका देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छट्पटिनु नपर्ने लामो समय कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादव बताउँछन् । जमिनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठीक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती अप्ठ्यारो हुँदै गए पनि खेतबारीको मलका लागि किसानलाई अझै यो खेती गर्न उत्प्रेरित गरिनुपर्ने औरही नगरपालिकाका कृषि शाखा प्रमुख कविता सङ्ग्रौला बताउँछन् ।

Previous Post

सिटाडेल सिरिजमा सामन्था र वरुणको अन्तरंग दृश्य

Next Post

चैतेधानले हरियाली हुने पाल्पाका अधिकांश खेत मकैले भरिन थाले

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
चैतेधानले हरियाली हुने पाल्पाका अधिकांश खेत मकैले भरिन थाले

चैतेधानले हरियाली हुने पाल्पाका अधिकांश खेत मकैले भरिन थाले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In