१. नेपाल राष्ट्र बैंकको गर्भनरको नियुक्ति कसले गर्दछ ?
– नेपाल सरकार, मन्त्रिपरिषद् ।
२. नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर को हुन् ?
– हिमालयशमशेर ।
३. विदेशी सामान नेपाल भित्र्याउनुलाई के भनिन्छ ?
– आयात÷पैठारी ।
४. देशमा उत्पादन भएको सामानहरुलाई विदेश पठाउनुलाई के भनिन्छ ?
– निर्यात÷निकासी ।
५. नेपाल र भारत बीच व्यापारका लागि कतिवटा नाका खुला गरिएका छन् ?
– २७ ।
६. नेपालमा सबैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउँछन् ?
– मनोरञ्जन ।
७. अरनिको राजमार्गको निर्माण कुन देशको सहयोगमा भएको हो ?
— चीन ।
८. नेपाल वायुसेवा निगमको स्थापना कहिले भएको हो ?
– २०१४ असार १८ ।
९. काठमाडौँदेखि बारा जिल्लाको निजगढ जोड्ने फास्टट्र्याकको लम्बाइ कति कि.मि. रहेको छ ?
– ७२.५ कि.मि. ।
१०. नेपाल टेलिभिजनको स्थापना वि.सं. २०४१ माघ १७ मा भएको हो भने प्रशारण कार्य कहिलेबाट शुरु भएको हो ?
– २०४२ पुस ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












