• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मातातीर्थ मेलाका लागि तयारी पूरा

by
५ बैशाख २०८०,
0
मातातीर्थ मेलाका लागि तयारी पूरा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आमाको मुख हेर्ने औँशीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

यही वैशाख ७ गते बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताए। उनका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताए । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ। मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए ।

“काठमाडौँमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ÷दशजना श्राद्ध गर्न आउने गर्छन्,”– उनले भने ।
संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताए।

“दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उनले गुनासो गरे ।

“मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फर्नपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्धारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,”– उनले भने ।

सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उनको भनाइ थियो ।

Previous Post

नदीजन्य पदार्थ बिक्री हुनै छाड्यो

Next Post

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In