• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्ष २०८०ः यस्तो छ यस वर्षको ग्रहयोग

by
१ बैशाख २०८०,
0
वर्ष २०८०ः यस्तो छ यस वर्षको ग्रहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताए । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए ।

“यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ”, उनले भने ।

भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ ।

नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ ।

लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताए ।

संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति ९सुख समृद्धि० हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उनी बताए ।

संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ ।

यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो ।

यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो ।

बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ ।

वार्ताकारहरू ९संवाददाता, पत्रकार० को वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू ९अभिनेताहरू० दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ ।

भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उनी बताए ।

असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ ।

विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताए ।

Previous Post

उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार, जापानमा अलर्ट जारी

Next Post

नेपालमा लुकेर बसेको भनिएका भारतीय डन असद युपी प्रहरीसँगको इन्काउन्टरमा मारिए

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
नेपालमा लुकेर बसेको भनिएका भारतीय डन असद युपी प्रहरीसँगको इन्काउन्टरमा मारिए

नेपालमा लुकेर बसेको भनिएका भारतीय डन असद युपी प्रहरीसँगको इन्काउन्टरमा मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In