• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सेनाले पाएको फाष्ट ट्रयाक १० वर्षमा पनि पूरा नहुने

by
२८ चैत्र २०७९,
0
सेनाले पाएको फाष्ट ट्रयाक १० वर्षमा पनि पूरा नहुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली सेनाले निर्माणको ठेक्का पाएको तराई मधेश द्रुतमार्ग अर्थात् फाष्ट ट्रयाक अझै १० वर्षमा पनि पूरा नहुने देखिएको छ । ५० अर्बभन्दा माथिको राष्ट्रिय गौरवको यो आयोजनाले राष्ट्रकै अपमान हुने अवस्था विकास भइरहेको छ ।

सेनाले २०८१ सालभित्र पूरा गर्नुपर्ने भएपनि २०९० सालभित्र पनि पूरा नहुने गरी गतिविधिहरु हुन थालेका छन् । कोरोना भाइरस संक्रमणको दुई वर्षे अवधि देखाएर थप दुई वर्ष लम्ब्याउने सेनाको तयारी चलिरहेको छ । अर्कोतर्फ, काम ढिलो गरी बदनाम भएका चिनियाँ निर्माण कम्पनीले ठेक्का पाउनुले पनि समस्या देखिएको छ ।

२०७४ साउन २७ मा सेनाले निर्माणको जिम्मेवारी पाएको फाष्ट ट्रयाकको डिपिआरमा निकै चलखेल भयो । विवादास्पद कम्पनीको डिपिआर स्वीकृत भयो । २०७८ मा आयोजना सम्पन्न र्ने लक्ष्य निर्धारण थियो । फाष्ट ट्रयाक चुनौतीपूर्ण आयोजना भएकाले तत्कालीन सरकारले सेनालाई जिम्मेवारी दियो ।

पुरातात्विक महत्वको क्षेत्र खोकना पनि फाष्ट ट्रयाकमा पर्ने भएकाले सरकार सेनालाई जिम्मा दिएर छिटो काम सकिनेमा विश्वस्त थियो । तर, जुन गतिमा काम भइरहेको छ त्यसले अबको पाँच वर्षभित्र फाष्ट ट्रयाकमा काठमाडौंबाट बारासम्म सवारी गुडाउने नेपालीको सपना पूरा नहुने छाँट देखिएको छ ।

सेनाले नयाँ कार्ययोजना अनुसार म्याद थपेर २०८१ मा सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेकोमा अवधि बढाउँदै लान स्वीकृतीका लागि पत्र नै रक्षा र अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालय हुँदै क्याबिनेटबाट यसलाई पारित गर्न खोजिएको छ । अब फाष्ट ट्रयाक पूरा गर्ने लक्ष्य २०८२ साल हुँदैछ । जुन आशामा फाष्ट ट्रयाक छिटो सम्पन्न हुने आशा गरिएको थियो । त्यसभन्दा भिन्न परिस्थिति बन्दै गएको छ ।

सेनाले भन्दा छिटो सरकारकै सडक विभाग अन्तर्गत निर्माण बढाउँदा छिटो हुने थियो भन्ने विश्लेषण हुन थालेको छ । सडक निर्माणसम्बन्धी पर्याप्त अनुभव बटुलेका जनशक्तिले भरिएको सडक विभागलाई वाइपास गरेर सेनालाई दिंदा झन् ढिलो हुन थालेको छ । यसले सेनालाई विवादमा तान्ने काम पनि भएको छ ।

फाष्ट ट्रयाकको ठेक्काको विषयलाई लिएर छिमेकी देश भारतले विष्फोटक पद्धार्थ सेनालाई दिन आनाकानी गर्न थालेको छ । सेनासँग विकास निर्माणमा प्रयोग हुने बिष्फोटक पद्धार्थको अभाव बढ्दै गएको छ । फाष्ट ट्रयाकलाई नै टार्गेट गरेर भारतले विष्फोटक पद्धार्थ दिन विभिन्न प्रक्रिया माग्न थालेको छ । यसको कारण हो फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीको संलग्नता ।

अर्कोतर्फ, सेनाभित्र फाष्ट ट्रयाकसम्बन्धी दक्ष जनशक्ति छैनन् । भवन बनाउने अनुभव बोकेका इञ्जिनियरहरुलाई फाष्ट ट्रयाकको जिम्मा लगाउँदा समस्या आउने गरेको छ । फाष्ट ट्रयाकको जिम्मेवारी यसअघि विकास पोखरेललाई दिइएकोमा अहिले कमलविक्रम शाह आयोजना प्रमुख छन् । यी दुवै भवन निर्माणका विज्ञ हुन् । प्रमुख नै सडक निर्माणको विज्ञ नहुँदा समस्याहरु निरन्तर आउने गरेका छन् ।

फाष्ट ट्रयाक यति गिजोलिइसकेको छ कि फाष्ट ट्रयाकको काम छिटो गर्न सेनाले ठेक्कालाई टुक्राउँदै बढीभन्दा बढी कम्पनीलाई जिम्मेवारी दिन खोजिरहेको छ । १० अर्बभन्दा कमको ठेक्का नेपाली कम्पनीलाई मात्र सहभागी गराउन खोजिएको छ ।

यो पनि आर्थिक चलखेल र काम ढिलो गर्ने गतिविधि अन्र्तगत हो । स्थानीय कम्पनीलाई पनि फाष्ट ट्रयाकको ठेक्का जिम्मेवारी दिन खोजिरहेछ । उसले राज्य व्यवस्था समितिले ठेक्का र कामको गतिबारे दिएको निर्देशन पनि पालना गरेन ।

सडक विभागले गर्नुपर्ने काम सेनाले गर्दा उल्टै विवादमा परेको छ । सेनाको काम सुरक्षा दिने हो र दुर्गम क्षेत्रमा सानातिना विकासका काममा सहयोग पु¥याउने हो । तर, ५० अर्बमाथिको विकास योजना सेनालाई दिएर विवादमा पार्ने काम भएको छ । यसले सेनाको गरिमामा समेत आँच आउने खतरा बढेको छ ।

देशमा नेता र ठेकेदारहरुका कारण सडक निर्माणमा ढिलाई हुँदा जनआक्रोश बढिरहेको छ । सेनाले विकासका काम लिएर समयमा पूरा नगरेपछि जनआक्रोश बढ्न सक्छ । सेना जस्तो संवेदनशील क्षेत्रमा आक्रोश बढ्नु गम्भीर विषय हो । नेताहरुले फाष्ट ट्रयाकको जिम्मा सेनालाई लगाएर ठूलो भुल गरेका छन् ।

Previous Post

अर्थमन्त्री महतले भने– ब्याजदर घटाउने नीति ल्याउने तयारी भएको छ

Next Post

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In