• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विभिन्न देशका राष्ट्रगान गाइरहँदा…

by
२६ चैत्र २०७९,
0
विभिन्न देशका राष्ट्रगान गाइरहँदा…
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली ।

फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ । पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ ।

गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन् । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनि बताउछन् ।

सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनि पुगे । छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उनले राष्ट्रगान गाए । नेपालको राष्ट्रगानबाट सुरु भयो, उनको प्रस्तुतिको सिलसिला । सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उनले विभिन्न देशका राष्ट्रगान गाइरहे । प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए ।

विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उनले पहिले नेपालको राष्ट्रगान गाउछन् । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रबार पनि उनले त्यसै गरे ।

भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उनको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए ।

नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे । गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे ।

कतिले तस्बिर लिए । कोहीले मोबाइलमा चलदृश्य कैद गरे । उनको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो । बीचतिर उनले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहेका थिए ।

यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो । तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे ।

उनिसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दङ्ग परे । नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्किएका छन् । कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनि अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहेका छन् ।

“पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु”, उनले भने, “अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु ।” नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाए ।

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ । उनले अहिले एक सय ५० देशका राष्ट्रगान गाउछन् । विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ । नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर आएका थिए ।

कोभिड–१९ यता उहाँको पहिलो विदेशयात्रा थियो त्यो । उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन् । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उहाँ सफल भएका हुन् ।

उहाँको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे ।

“आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झिए । तीन वर्षअघि भारत पुग्दा उहाँले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए । नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् ।

“कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु”, नेपालीले भने । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उहाँको लक्ष्य भने पछाडि धकेलिएको छ । कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए ।

जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने । बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ ।

त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी । “मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो”, उनले भने, “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।” विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उनले बताए ।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आएका छन् । एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन सङ्कलन गरिसकेको उनको भनाइ छ ।

अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै सङ्गीत कर्ममा फर्कने बताए ।

Previous Post

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

Next Post

बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान

बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In