नारदः मलाई त साह्रै टाउको दुख्यो बा, डाक्टरकोमा जँचाउन जानुपर्ला जस्तो छ ।
उसको कुरा सुनेर साथीः बुझिस् ? हिजो मलाई पनि त्यस्तै गरी टाउको दुखेको थियो । म त सिधै घर गएँ, श्रीमतीले म्वाई खाइदिई अनि टाउको दुखाईसुखाइ चट । तँ पनि त्यसै गर ।
नारद धेरै उत्साहित हुँदैः ओहो ! गजबको आइडिया । म पनि त्यसै गर्नुपर्ला । बरु तेरी श्रीमती अहिले कहाँ छिन् ? उनलाई एकपटक फोन गरिदेन म आउँदै छु भनेर ।
झिँगा
हाता कुचो लिएको हरिलाई श्रीमतीले सोधिछन्ः हैन यो झाँक्रीले जस्तो हातमा कुचो लिएर यता र उता किन दौडेको भन्या ?
हरिः बुझिस् बूढी मैले चार मिनेटमा तीनवटा केटा झिँगा र एउटी केटी झिँगा मारिसकेँ नि ?
हरिको कुरा सुनेर श्रीमतीः केटा र केटी भनेर चाहिँ कसरी थाहा पाउनुभयो ?
हरिः तीनवटा झिँगा वियरको बोतलमा बसेका थिए र एउटा झिँगा चाहिँ फोनमा बसेको थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













