– अङ्कुरित अनाज (टुसाइएको चना+मटर+बदाम+हरियो मुंग+मेथीदाना+गहुँ) सादा अङ्कुरित गेडागुडी खानु अति राम्रो हुन्छ । अन्यथा त्यसमा नून, मसला, टमाटर, राखेर या उसिनेर या स्टिम गरेर या तरकारी बनाएर जसरी मिठो हुन्छ त्यसरी खाए फाइदाकारी हुने विज्ञहरुको तर्क छ ।
– गहुँको जमराको रस, गाजरको रस, लौकाको रस, बेलको रस, अमलाको रस, तुरुन्त तयार गरी खाली पेटमा पिउनाले नास्ताको काम गर्नुका साथै यसले विभिन्न रोगहरुको सरल समाधानमा मद्दत पु-याउँछ ।
– बिहानको नास्तामा दूध प्रयोग नगर्दा राम्रो हुने सुझाव आयुर्वेदमा छ । यदि प्रयोग गर्नैपर्ने भए गाई भैँसीको दूधको स्थानमा नरिवलको दूध, भटमासको दूध, बदामको दूध, छोकडाको दूध सुपाच्य तथा हलुका हुने हुनाले घरैमा बनाएर लिन सके स्वास्थ्यका लाग बढी लाभदायक मानिन्छ ।
– बिहानको खालीपेटमा नास्तास्वरुप अमिलो तत्व थोरै तथा गुलियो तत्व धेरै भएको फलफूल लिनु उत्तम मानिन्छ । फलफूल खाँदा ध्यान दिनुपर्ने कुरा के हो भने काँचो र पाकेको तथा अति अमिलो र गुलियो फलफूल एकसाथ खानु स्वास्थ्योचित नहुने आहारविज्ञहरु बताउँछन् ।
– कमजोरीका कारण बिहानै भोक लागेको अवस्था छ भने अमिलो रहित अमृतान्न अर्थात् खिचडी खानु लाभदायक हुन्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













