• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सराङघाट सबस्टेशन निर्माण सकियो

by
७ चैत्र २०७९,
0
सराङघाट सबस्टेशन निर्माण सकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३/११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेशनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित खैरेनीटार सबस्टेशनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३र११ केभीको घिरिङ सबस्टेशन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेशनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि सबस्टेशनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेशनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् । दुई सबस्टेशन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग(वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक ९एडिबी० को सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाबाट दुई सय २० किलोमिटर फिडर लाइन र तीन सय ५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार सो सबस्टेशनको शुभारम्भ गर्दै विद्युत् सेवा नपुगेका सबै घरधुरीमा दुई वर्षभित्र विद्युत् विस्तार हुने बताए । उनले भने, ‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौँ, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन् । योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौँ ।’

एडिबीका नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गरे । उनले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०।८ प्रतिशत रहेकामा यसका तुलनामा नेपालको धेरै तीव्रदर अर्थात् ४।३ प्रतिशत रहेको छ, विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौँ ।’ उनले नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर रहने बताए ।

तनहुँ जलविद्युत् आयोजनाका प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दे दुई महिनाभित्र पुँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताए ।

Previous Post

हेल्थ टिप्सः तातो झोलले पोलेमा कसरी डाहा कम गर्ने ?

Next Post

हातको रेखाः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
अन्तर्राष्ट्रिय

इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे

४ असार २०८३,
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

हातको रेखाः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In