लभग सय वर्ष पहिलाको कुरा हो । अस्ट्रियाको एक बालकले आफ्नो हात एक ज्योतिषीलाई देखाउँदै सोधे, के म विश्वविजेता बन्न सक्छु ?
बालकको हात हेर्दै ज्योतिषीले भने, छोरा तिम्रो हातमा त यस्तो कुनै रेखा छैन, जसले यो प्रकट गरोस् कि तिमी विश्वविजेता बन्न सक्छौ ।
बालकलाई बडो दुःख लाग्यो । ऊ तुरुन्तै घर गयो र एउटा चक्कुले आफ्नो हातमा कैयौँ रेखा बनायो । फेरि ऊ त्यही ज्योतिषीकोमा गयो र आफ्नो हात देखाउँदै भन्यो, अब भन्नुस्, के म विश्वविजेता बन्न सक्छु ?
ज्योतिषीले तुरुन्त जवाफ दिए, हो बाबु, अब तिमी अवश्य विश्वविजेता बन्न सक्छौ ?
थाहा छ यो बालक को थियो ? जर्मनीको तानाशाह एडोल्फ हिटलर ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट