• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

    भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पशुपतिनाथ मन्दिरको ‘दान पेटिका’ दुई घण्टा गायब, मिलेमतोमा लाखौँ भ्रष्टाचार

by
२ चैत्र २०७९,
0
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देवताकै नाममा भ्रष्टाचार हुन्छ भन्दा कसैलाई पनि विश्वास नलाग्न सक्छ । तर, हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा त्यस्तै हुँदै आएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा अनेक नाममा भ्रष्टाचार हुँदै आएको सार्वजनिक सञ्चार माध्यमबाट बेलाबेला सार्वजनिक हुँदै आएको छ । पछिल्लो समय भने ‘दान पेटिका’बाटै भ्रष्टाचार हुने गरेको खुलासामा भएको छ ।

पशुपतिनाथ मन्दिरभित्र एउटा दान पेटिका राखिएको छ । मूल मन्दिरमा पूजा गर्न पुग्ने दर्शनार्थीले उक्त पेटिकामा चाहेअनुसारको दान गर्दै आएका छन् । सोही दान पेटिका बेलाबेला गायब हुने गरेको छ ।

करिव १ महिना अगाडि सोही दान पेटिका २ घण्टा गायब गरिएको छ । दान पेटिका गायब भएको घटना गुपचुप राख्न खोजिएको थियो । तर, दानपेटिका गायब पारिएको घटना पशुपति क्षेत्रमा फैलिएपछि घटनालाई साम्य पार्न पशुपति क्षेत्र विकास कोषले छानविन समिति गठन गरेको बुझिएको छ । तर, कोषले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

कोषका सदस्य सचिव डा। मिलनकुमार थापा दान पेटिका दुई घण्टासम्म हराएको स्वीकार गर्छन् । र, छानविन भइरहेको बताउँछन् । सदस्य सचिव थापाले भने– ‘करिव एक महिना अगाडि दान पेटिका दुई घण्टासम्म हराएको हो । हामीले छानविन समिति गठन गरेका छौं । समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गर्छौ ।’

स्रोतका अनुसार समितिले कोषलाई प्रतिवेदन बुझाइसकेको छ । छानविनका क्रममा मिलेमतोकै आधारमा दान पेटिका गायब बनाइएको तथ्यहरु फेला परेको छानविन समितिका एक सदस्यले बताए । उनले भने– ‘यो काममा कोषको उच्च नेतृत्वदेखि सुरक्षाकर्मी र मन्दिरभित्र काम गर्ने सामान्य कामदारसम्मको मिलेमतो देखिएको छ । हामीले सोही अनुसार प्रतिवेदन बुझाएका छौं ।’

दान पेटिका गायब हुँदा कति रकम हरायो भन्ने कसैलाई थाहा छैन । किनकी, पशुपतिमा डिजिटल दानको मात्रै दान गर्ने वित्तिकै थाहा हुन्छ । पेटिकामा राखिने दान भने एकैपटक गन्ने गरिन्छ ।

छानविन समितिको प्रतिवेदन सार्वजनिक हुँदा आफै अप्ठ्यारोमा परिने डरले कोषका नेतृत्वले समितिको प्रतिवेदन सार्वजनिक गर्न नसकेको समितिका ति सदस्यले बताउँछन् ।

मूल मन्दिरको सुरक्षाको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको छ । मूल मन्दिर परिसरमा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । तर, सुरक्षाकर्मीको बाक्लो घेराबाटै दान पेटिका गायब भएपछि सुरक्षाकर्मी समेत मिलेमतोमा रहेको बुझ्न मुस्किल पर्दैन ।

मन्दिरभित्र सीसीटीभी जडान गरिएको भए पनि उक्त सीसीटीभीले काम गरिरहेको छ या छैन भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । त्यसैले मिलेमतोमै दान पेटिका गायव गरिएको आशंका गरिएको छ । मन्दिरभित्र सर्वसाधारणलाई क्यामेरा प्रयोग गर्न निषेध गरिएको छ ।

धार्मिकस्थल पशुपतिमा ठूलो मात्रामा भ्रष्टाचार हुँदै आएको केही समय अगाडि पर्यटनमन्त्री सुदन किरातीले नै खुलासा गरेका थिए ।

मन्त्री बनेपछि पशुपतिनाथ अनुगमन गर्न पुगेका मन्त्री किरातीले भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सुनेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए ।

हाल डा. मिलनकुमार थापा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव छन् । थापाकै नेतृत्वमा पशुपति क्षेत्रमा अनियमितता भइरहेको समेत आरोप लाग्ने गरेको छ ।

पशुपति क्षेत्र आसपासका विभिन्न कामका लागि हुने बोलपत्र लगायतमा समेत चलखेल हुने गरेको बुझिन्छ । पछिल्लो समय कोषले भिडियोग्राफीसम्बन्धी दुई वटा बोलपत्र आह्वान गरेको छ । कोषले बोलपत्र आह्वान गरेसँगै उक्त काम हातपार्न गिरोहरु सक्रिय भएको समेत बुझिएको छ ।

Previous Post

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

Next Post

दीपक मनाङेको प्रदेश सभा सदस्य पद धरापमा

सम्बन्धित खबर

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

२५ असार २०८३,
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
आर्थिक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

२५ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

२५ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

२५ असार २०८३,
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
आवाज

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

२४ असार २०८३,
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
जीवन शैली

धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

२४ असार २०८३,
Load More
Next Post
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

दीपक मनाङेको प्रदेश सभा सदस्य पद धरापमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In