• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा

by
२ चैत्र २०७९,
0
कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।महानगरपालिकाका सबै वडामा बिहीबारदेखि निःशुल्क कानूनी परामर्श सेवा सुरु हुने भएको छ।

नेपाल ल क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन्। सेवामा जानुअघि आज उनीहरूलाई सम्पादन गर्नु पर्ने कामका विषयमा जानकारी गराइएको छ। सेवा उपलब्ध गराउन विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ।

त्यसका लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिने कामपाको भनाइ छ। बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरको निःशुल्क कानूनी सेवा जनमैत्री प्रशासन सञ्चालनको अभ्यास हो। यसप्रकारको अभ्यास यसअघि गरिएको छैन। यस्तो अभ्यास अन्य पालिकाले पनि गरेका छैनन्। यसको सिकाइबाट आगामी दिनमा एउटा मार्गचित्र कोरिनेछ।

सेवा प्रदान गर्नका लागि हरेक वडामा निःशुल्क कानूनी परामर्श सेवा कक्ष स्थापना गरिएको छ। कक्ष सञ्चालनका लागि आवश्यक पर्ने टेबल कुर्सी, सेवाग्राही बस्ने ठाउँ, आवश्यक पर्ने शैक्षिक सामग्री वडाले व्यवस्था गर्नेछ। सम्पादित कामको जानकारी र आपसी अनुभव तथा सिकाइ आदानप्रदान गर्नका लागि इन्टरनेटमा आधारित समूह निर्माण गरिनेछ।

सेवाग्राहीको तर्फबाट पेश गर्नुपर्ने निवेदन, उजुरी, फिरादपत्र, प्रतिउत्तर पत्र, लिखित जवाफ, मिलापत्रको मस्यौदा गर्ने, कानूनी व्यवस्था र प्रक्रियाका बारेमा मौखिक वा लिखित जानकारी दिनु सेवाको मुख्य उद्देश्य रहेको बताइएको छ।

त्यसैगरी वडा तहमा सञ्चालन हुने मेलमिलाप केन्द्र र वडा महिला सञ्चालनमा आवश्यक सहयोग गर्ने, जनप्रतिनिधि वा वडा सचिवले तोकेका अन्य कार्यक्रममा सहभागिता जनाउने सहयोग गर्ने विद्यार्थीका मुख्य काम रहने छ। त्यसैगरी यही चैत १५ र १६ गते सञ्चालन हुने न्यायिक समिति राष्ट्रिय सम्मेलनमा ती विद्यार्थी परिचालन गरिने छ।

‘अन्य पालिकामा भन्दा कामपाको सेवा प्रवाह फरक छ’, कामपा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्थायी बसोबास भएका र अस्थायी बसोबास भएका दुवै प्रकृतिका सेवाग्राहीलाई सेवा दिनुपर्छ। सेवामा प्रशासनिक, कानूनी र व्यावहारिक सबै पक्ष हुन्छन्। यस बेला अवस्था बुझेर सेवा दिनुपर्नेछ।’

Previous Post

ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै

Next Post

सुदूरपश्चिममा पुनः कोरोना देखियो

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

सुदूरपश्चिममा पुनः कोरोना देखियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In