विधि
पद्मासन अर्थात् ध्यान मुद्रामा बसेर प्राणायाम गर्ने । पद्मासनमा बसेर दुवै नाकले सास लिने र मुखबाट छाडिदिने । यो अभ्यास नियमित गर्ने । यो क्रिया जारी राख्दा अनौठो आवाज निस्किन्छ, त्यसलाई याद राख्दै सास लिने र छाड्ने ।
लाभ
– नियमित प्राणायामबाट नशा तन्दुरुस्त हुन्छ ।
– खोकी, कफजस्ता समस्या टरेर जान्छ ।
– उच्च रक्तचाप नियन्त्रण हुनुका साथै खोकी, सर्दी, थाइराइड आदिका बिरामीलाई अति लाभदायक हुन्छ ।
– गायक–गायिकाको गलामा मधुरता र भाषणबाजको उच्चारणमा निखारता ल्याउँछ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट













