• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

by
२४ फाल्गुन २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरेहको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा–कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उहाँले जानकारी दिनुभयो । सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको छ । यो आवमा ठेक्कामा जाने गरी तयारी अघि बढाइएको छ । उहाँले भन्नुभयो, “अध्ययन प्रतिवेदन आएर फाइनल भएपछि विभाग हुँदै मन्त्रालय लगेर प्रतिवेदन स्वीकृत गर्नुपर्छ ।” विगतमा अस्थायी सडक संरचना भएको ठाउँमा स्थायी सडकका लागि निर्माण गर्ने गरी योजना अघि बढाइएको हो । सो खण्डमा दुईतीन वर्षदेखि नियमित रुपमा वर्षामा बाढीपहिरोको समस्या आइरहेको थियो ।

भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक समयमा नदी हिँडेको ठाउँ भएकाले फेरि पनि दोहोरिनसक्छ ।” पाँच वर्ष पहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रुपमा अघि बढाइएको योजनाले जनाएको छ । समग्र नेपालीबाट अध्ययन र लगानी पनि नेपालीबाट नै गर्ने गरी योजना अघि बढाइएको हो । सो सुरुङको लम्बाइ झण्डै तीन सय ५० देखि तीन सय ६० मिटर हुने देखिएको छ । अध्ययन सकिएर आउँदा केही तलमाथि भए पनि सडकको लम्बाइको हाराहारीमा सुरुङको लम्बाइ हुने देखिएको छ । सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताउनुभयो । चालु आवमा रु एक करोड २३ लाखको सिलिङ रहेको छ । यसको लागत रु ८० करोड हुनसक्ने अनुमान गरिएको छ । ठेक्कामा जाँदा त्यो लागत अझै कममा हुने देखिएको छ । उहाँले भन्नुभयो, “कम लम्बाइको सुरुङ भएकाले सडक सुरक्षाका संरचना निर्माण गर्न नपर्ने र सडक बत्ती आवश्यक नहुने हुँदा लगानी लामा पुलको तुलनामा कम पर्नैछ ।” यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताउनुभयो ।

सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उहाँको भनाइ छ । निर्माणको अवधि कति हुन्छ भनी ‘डिजाइन’बाट थाहा हुने भए पनि दुई वर्ष लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हाल सञ्चालनमा रहेको सडकभन्दा सुरुङ निर्माण भएर लम्बाइ कम भने नहुने उहाँले बताउनुभयो । अहिलेको सडक स्थायी नभएको र वर्षामा बाढी आउँदा सडक नै नरहने हुँदा स्थायी सडकका रुपमा अहिले सुरुङ निर्माण गर्न लागिएको उहाँको भनाइ छ । भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रुपमा काम नगर्ने र अरु संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक छोटो बनाउनेभन्दा सडक अस्थायीको सडकको स्थायी संरचना बनाइएको हो ।” विगतका वर्षमा यो सडक धेरै पटक मर्मत गरिएको थियो । सडकको सुरक्षाका लागि पर्खाल लगाइएको भए पनि वर्षामा लडेको योजना प्रमुख प्रजापतिले बताउनुभयो । त्यसको मर्मतका लागि अर्काे ठेक्का लगाइएको र त्यसका लागि रु एक करोड खर्च भएको थियो । उहाँले भन्नुभयो, “कालीगण्डकी नदी कुन समय कत्रो आउँछ थाहा हुँदैन र ठूलो आउँदा अहिलेको सडकको ठाउँबाटै नदी बग्नसक्ने अवस्था छ ।” शाखा खोलाले पनि त्यसले बाढी र गेग्रान थुपार्दा पानीमाथि सडकमा आइपुग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सुरुङ बनाएपछ जस्तोसुकै बाढी आए पनि सडक सधैँ सञ्चालनमा हुनसक्छ । सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताउनुभयो । भीरकाटे नदीले सडकको क्षेत्रमा क्षति गर्ने भएकाले सुरुङ निर्माणका लागि अध्ययन भइरहेको उहाँले बताउनुभयो । सो क्षेत्रमा क्षति कम गर्नका लागि सुरुङको योजना बनाइएको हो । अहिले अध्ययनको क्रममा रहेको र त्यो छिट्टै सम्पन्न भएपछि निर्माणका लागि प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उहाँका अनुसार सो सुरुङ इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एण्ड कस्ट्रक्सन (इपिसी) मोडलमा अघि बढाइने गरी छलफल भइरहेको छ

Previous Post

महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ– सभामुख घिमिरे

Next Post

क्षमाले क्रोध हर्दछ, प्रसन्नताले अहङ्कारलाई जित्छ र सन्तोषले लोभलाई जित्नु पर्छ –महावीर

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
क्रोधलाई शान्तिले र अभिमानलाई नम्रताले जित्नुपर्दछ – महाबीर

क्षमाले क्रोध हर्दछ, प्रसन्नताले अहङ्कारलाई जित्छ र सन्तोषले लोभलाई जित्नु पर्छ –महावीर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In