• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

by
२० फाल्गुन २०७९,
0
सुस्त श्रवण भएका व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली, २० फागुन (रासस): कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्छन् । तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ । विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत बताउनुहुन्छ । “१४ वर्ष पहिला जति रकम विद्यार्थीका लागि दिइन्थ्यो, अहिलेसम्म पनि सोही रकम हुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ”, बस्नेतले भन्नुभयो, “तर जसोतसो व्यवस्थापन गर्नुको विकल्प पनि छैन ।”

सरकारले सुस्त श्रवण भएको व्यक्तिका लागि मासिक प्रतिविद्यार्थी रु चार हजारका दरले रकम उपलब्ध गराउने गरेको छ । उक्त रकमबाट विद्यार्थीका लागि खाना, पोशाक, सरसफाइ, टेलिभिजन, इन्टरनेट, बिजुली, पानीको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । “चौध वर्षसम्म एउटै रकम हुँदा अप्ठ्यारो छ, सरसामानको मूल्यवृद्धि छ”, बस्नेत भन्नुहुन्छ, “हाल विद्यालयको मुख्य समस्या नै यहीँ हो । त्यति न्यून रकममा विद्यार्थी व्यवस्थापन गर्नुपरेको छ ।” यस विषयमा सरोकारवाला निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बस्नेतको गुनासो छ । “राज्यले यो समस्या समाधानमा ध्यानै दिएन, धेरैपटक सरोकारवाला निकाय गुहारिसक्यौँ, कतैबाट सम्बोधन हुँदैन”, बस्नेतले भन्नुभयो । कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ विद्यार्थी छन् । त्यसमध्ये नौ छात्रा र १९ छात्र छन् । कक्षा १ मा पाँच छात्रा र सात छात्र, कक्षा २ मा एक छात्रा र चार छात्र, कक्षा ३ मा चार छात्र, कक्षा ४ मा दुई छात्रा र एक छात्र र कक्षा ५ मा एक छात्रा र तीन छात्र अध्ययनरत छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ ।

छ वर्ष अगाडि पाहार ट्रष्ट नेपाल नामक संस्थाले आवासगृह भवन निर्माण गरिदिएको थियो । उक्त भवनमा ४० जनासम्म विद्यार्थी राख्न सकिने विद्यालयका प्रधानाध्यापक भैरव पन्थ बताउनुहुन्छ । अठ्ठाइस जना विद्यार्थीका लागि १० महिनावापतको रकम विद्यालयमा आउँछ । सोही रकमबाट विद्यार्थीको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । महिनामा दुईपटक मासु र हप्तामा एकपटक अण्डाको व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक सुविधा राम्रो रहे पनि विद्यार्थीको आर्थिक पाटोका कारण समस्या हुने गरेको प्रधानाध्यापक पन्थले बताउनुभयो । व्यास नगरपालिका–१ का वडा सदस्यसमेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले यस विषयमा स्थानीय सरकार व्यास नगरपालिकामा कुरा उठाउने गरे पनि सम्बोधन नभएको गुनासो गर्नुहुन्छ । “म आफैँ स्थानीय सरकारको प्रतिनिधित्व हुँ, नगरप्रमुखसँग यस विषयमा धेरैपटक कुरा गरिसकेँ, सुनुवाइ हुँदैन”, बस्नेतले भन्नुभयो, “भवन निर्माण, भान्साकोठा व्यवस्थापनका लागि पनि नगरपालिकाको तर्फबाट बजेट आउँछ ।” यही वर्ष व्यास नगरपालिकाको रु तीन लाख सहयोगमा भान्साकोठा निर्माण गरिएको छ ।

कक्षा ५ उत्तीर्ण भएपछि यहाँका विद्यार्थी पोखरा, गोरखा, बागलुङ जाने गरेका छन् । गत शैक्षिकसत्रमा यहाँबाट तीन विद्यार्थी अन्यत्र गएका छन् । विद्यालयमा प्रधानाध्यापकसहित पाँच शिक्षक छन् । त्यसमध्ये दुई पूण तथा एक आंशिक सुस्त श्रवण भएको व्यक्ति र एक जना दोभाषे शिक्षक कार्यरत छन् । शिक्षकमध्ये एक स्थायी रहेको र बाँकी चार जना करारमा रहेको विद्यालयले जनाएको छ । त्यस्तै विद्यालयमा चार सहयोगी कर्मचारी छन् । ती कर्मचारीको मासिक तलब पनि न्यून छ । मासिक रु १३ हजार चार सय ५० तलबमा उनीहरूले काम गर्दै आएका छन् । विसंं २०५२ मा खरीस्वाँरा प्राथमिक विद्यालयका रूपमा सञ्चालित विद्यालयलाई विसं २०५२ मा स्थानीय मिश्र परिवारले एक रोपनी जग्गा दिएपछि उक्त विद्यालय गङ्गादत्त प्राविमा रुपान्तरण भएको थियो । सोही ठाउँका खड्गबहादुर दाहाल र सीता दाहालले माइला छोरा स्व बुद्धसागर दाहालको स्मृतिमा विद्यालय भवन निर्माणका लागि विसं २०५६ मा जग्गा दान दिनुभएको थियो ।

स्व दाहाल भारतीय सेनामा रहँदा विसं २०५५ फागुन ११ गते जागिरकै सिलसिलामा मृत्यु भएको थियो । दाहाल परिवारले छोराको स्मृतिमा एक रोपनी आठ आना जग्गा र रु १० लाख सहयोग गरेका थियो । त्यतिबेला बुद्ध दाहाल प्राथमिक विद्यालयको रूपमा सञ्चालित यस विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि विसं २०७१ मा जलदेवी माध्यमिक विद्यालयमा गाभिएको थियो । जलदेवी माध्यमिक विद्यालयमा चारवटा स्रोत केन्द्रमार्फत सुस्त श्रवण भएको व्यक्ति अध्ययन गर्दै आएका थिए । विसं २०७४ असारबाट भने बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयको रूपमा हालसम्म सञ्चालित छ । त्यतिबेला विद्यालयमा ३२ जना विद्यार्थी अध्ययनरत थिए ।

Previous Post

भारतकाे सन् २०३० सम्ममा वार्षिक ‘ट्रिलियन अमेरिकी डलर’ बराबरको निर्यात गर्ने लक्ष्य

Next Post

जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

सम्बन्धित खबर

डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
Load More
Next Post
जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

जी–२० बैठकमा सबैलाई समान स्वास्थ्य सेवा पहुँचमा भारतकाे जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In