• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

६ फागुन २०७९,
0
खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

खोटाङ । खोटाङका दुई स्थानीय तहका एक-एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चारवटा सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने समाजका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले रु २८ लाख ८६ हजार सात सय बजेट उपलब्ध गराएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन, दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ । रेडपाण्डाको उपस्थिति अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र वासस्थानको नियमित अनुगमन, चोरी शिकारविरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष समेत रहेका समाजका अध्यक्ष मगरले जानकारी दिए ।

फेदीमा स्थानीय साम्पाङ ९राई० भाषामा रेडपाण्डालाई कुँदो भनेर चिन्ने गरिएको स्थानीय लक्ष्मण साम्पाङले बताए । यस वर्षका लागि प्राप्त बजेटबाट रेडपाण्डा संरक्षणसम्बन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्लास्तरीय सल्लाहकार समितिको गोष्ठी गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

केपिलासगढी गाउँपालिका–१ फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बसोबास छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सिस्नेहर्कटे, सोही नगरपालिकाको वडा नं ९ निर्मलीडाँडाको गोपिनी नायपु वन र वडा नं १० पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गलमा रेडपाण्डा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मान्छे देख्दा नभाग्ने लजालु स्वभावको रेडपाण्डा स्थानीय बासिन्दाले मासुका लागि चोरी शिकार गर्ने गरेको बताइएको छ । घरपालुवा जनावर बिरालो जस्तो देखिने यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ । भुँडीमा कालो तथा अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ ।

टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ देखि ११० सेन्टीमिटरसम्म लामो हुने भाले रेडपाण्डाको तौल तीन दशमलव सात केजीदेखि छ दशमलव दुई केजीसम्म हुने जनाइएको छ । भालेभन्दा ठूलो हुने पोथी रेडपाण्डाको चारदेखि छ दशमलव दुई केजीसम्म तौल हुने गरेको छ । मासुका लागि शिकार गरिएको रेडपाण्डाको छाला बिक्री हुने बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रेडपाण्डासँगै मृग, हरिन, थार, घोरल, खरायोलगायतका जङ्गली जनावरको चोरी शिकार हुने गरेको छ ।

अघिल्लो समाचार

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः देउवा

अर्को समाचार

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन