महेन्द्रनगर। कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्र्तगत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन् ।
कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले तीन दिनमा जिल्ला छनोट सकेर खेलाडी आ–आफ्नो खेल प्रशिक्षणमा जुटेको बताउनुभयो ।
समितिका अनुसार पुरुष र महिला फुटबलमा १६÷१६ जना, पुरुष र महिला भलिबलमा १२÷१२, एथ्लेटिक्समा २२ जना खेलाडी जिल्लाबाट छनोट भएका छन् ।
त्यस्तै पुरुष र महिला क्रिकेटमा २८ जना, महिला तथा पुरुष कबड्डीमा १२÷१२ जना, बाँस्केटबलमा महिला १० र पुरुष १० जना खेलाडी छनोट भएका छन् । समितिका अनुसार, ह्याण्डबलमा महिला १० र पुरुष १०, ब्याडमिन्टनमा सातपुरुष र तीनमहिला, टेबलटेनिसमा चार महिला र चार पुरुष, बुद्धिचालमा पाँच महिला र पाँच पुरुष, बक्सिङमा १० पुरुष र एक महिला छनोट भएको छ ।
समितिका अध्यक्ष सिंहका अनुसार उसुमा महिला र पुरुष चार÷चार, तेक्वान्दोमा १२ महिला र १२ पुरुष, करातेमा ११ पुरुष र १० महिला खोखोमा १० महिला र १० पुरुष छनोट भएका छन् । फुलकन्ट्याक्ट करातेमा सात पुरुष र पाँच महिला, कुस्तीमा सात महिला र सात पुरुष, आइटिएफ तेक्वान्दोमा १३ महिला र ११ पुरुष खेलाडी छनोट भएका छन् भने जुडोमा पाँच पुरुष खेलाडी छनोटको छ ।
जिम्नाष्टिकमा एक, रग्बीमा महिला १० र पुरुष १० तथा भारोत्तलनमा तीन पुरुष र दुई महिला खेलाडी छनोट भएको समितिले जनाएको छ । महेन्द्रनगरस्थित कवर्डहल परिसरमा गत मङ्गलबारदेखि बिहीबारसम्म जिल्ला छनोटका खेलहरु सञ्चालन भएका थिए ।
यता सुदूरपश्चिमप्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले सुदूरका नौ वटै जिल्लामा जिल्लास्तरीय छनोट सकिएको जानकारी दिनुभयो । उहाँले जिल्लामा छनोट भएका खेलाडीमा विवरण प्रदेश परिषद्मा आइरहेको बताउनुभयो ।
“यही कात्तिक २८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रदेशस्तरीय छनोट धनगढी र महेन्द्रनगरमा गर्ने कार्यतालिका छ ।” उहाँले भन्नुभयो, “सोहीअनुसार तयारी भइरहेको छ ।”




















