• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
८ अशोज २०८३,
0
बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ। तुलसीपुरवासीलाई गुणस्तरीय शुद्ध खानेपानी पु¥याउने उद्देश्यले साढे तीन वर्षअघि सुरु गरिएको बबई लिफ्टिङ योजना अझै अधुरो अवस्थामा छ ।

आयोजना समयमा सम्पन्न नहुँदा उपभोक्ता आधारभूत खानेपानी पाउने हकबाट समेत वञ्चित हुन परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का सुशीला भट्टराई गुणस्तरीय खानेपानी पाउन त परैजाओस् एक वर्षदेखि धारामा पानी नआउँदा समस्या भोग्नुपरेको गुनासो गर्नुहुन्छ ।

उपभोक्ता तथा सरसफाइ संस्थाले सुरु गरेको बबई लिफिटङ खानेपानी आयोजना लामो समयसम्म अल्झि रहेपछि स्थानीयवासी पटक–पटक खानेपानी संस्थामा पुगी छिटो सम्पन्न गर्न हारगुहार गरिरहनुभएको छ ।

संस्थानबाट बबईको लिफिटङ परियोजना सम्पन्न भएपछि मात्र तुलसीपुरमा खानेपानीका समस्याको समाधान हुने जवाफ पाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “गर्मीयाममा संस्थाले ट्याङकरबाट निःशुल्क पानी वितरण गरेपनि साउनदेखि भने छिमेकी गाउँबाट पानी ल्याएर पिउने गरिएको छ ।

आयोजना समयमा पूरा नहुँदा घरमा सरसफाइ, शौचालय तथा अन्य कामका लागि प्रयोग गरिने पानी महगो शुल्क तिरेर ट्याङ्करबाट ल्याउन बाध्य परेको उहाँको भनाइ छ । यो समस्या सुशिलाको मात्र नभई टोलका २५ घर परिवारले लामो समयदेखि भोग्न परेको छ ।

खानेपानी संस्थाको सहलगानीमा अघि बढिरहेको लिफ्टिङ योजनामा विद्युत जडानलगायतका केही महत्त्वपूर्ण काम अझै बाँकी रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार आयोजनाको काम फटाफट भएमा आगामी मङ्सिर पहिलो हप्तासम्ममा हुनेछ ।

अध्यक्ष भण्डारीका अनुसार विस २०७९ बाट सुरु भएको उक्त आयोजना तीन वर्षभित्र सम्पन्न नभएपछि पुनः एक वर्ष म्याद थप गरिएको थियो । नेपाल सरकारको ७० प्रतिशत र खानेपानीका उपभोक्ताको ३० प्रतिशत समेत गरी रु ५६ करोड ८० लाख २४ हजारको लागतमा अघि बढिरहेको छ । हाल आयोजनाको पाइप जडान र एक दर्जन बढी ट्याङ्की निर्माणको काम भने सम्पन्न भएको छ ।

उक्त आयोजना सम्पन्न भएपछि एक सय लिटरप्रति सेकेन्ड पानीको आपूर्ति हुने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा नगरपालिकाको–६ को रजौरासहितका बस्तीमा खानेपानी आपूर्ति भई स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुनेछ ।

यसैबीच, संस्थाले मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा भइरहेको अनधिकृत प्राकृतिक स्रोतको उत्खननलाई रोक्न तथा मुहानको संरक्षण गर्न पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous Post

ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

Next Post

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

metakhabar

metakhabar

सम्बन्धित खबर

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री
आवाज

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

८ अशोज २०८३,
केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
समाचार

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

८ अशोज २०८३,
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
राजनीति

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

८ अशोज २०८३,
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट
फिचर-ब्यानर

ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट

८ अशोज २०८३,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

८ अशोज २०८३,
संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसङ्घमा इरानी राष्ट्रपतिको कडा धारणा

८ अशोज २०८३,
Load More
Next Post
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In