• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

    सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

    बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

    दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ भदौः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण कूल ७५९ दशमलप शून्य २५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन् । जसमा २४ दशमलव ३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन् । प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा कूल रु एक खर्ब ५१ अर्ब चार करोड बराबरको क्षति भएको छ । यो क्षेत्रको पुनःरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड लाग्ने अनुमान छ ।

घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ । जसमा २४५० वटा सोलार ‘होमसिस्टम’, २७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जामा रु ५६ करोडको क्षति भएको छ भने यसको पुनःरुत्थानका लागि रु एक अर्ब ६४ करोड लाग्ने देखिएको छ ।

बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ । जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ । सडक संरचनातर्फ रु २३ अर्ब ४२ करोडको क्षति पुगेको छ । उक्त क्षेत्रको पुनःरुत्थानका लागि रु ५५ अर्ब १८ करोड लाग्ने अनुमान छ ।

बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । तेत्तिस वटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ । पुलमा मात्रै रु ११ अर्ब ३५ करोडको क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु १८ अर्ब १६ करोड आवश्यक पर्ने देखिएको छ ।

सञ्चार क्षेत्रमा पनि टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ । एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । बाढीका कारण १५२ दशमलव तीन किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच/आइएसपीमा प्रभाव परेको थियो । यो क्षेत्रमा करिब रु ६३ करोडको क्षति भएको थियो भने पुनःरुत्थानका लागि रु ९४ करोड लाग्ने अनुमान छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा रु एक अर्ब ३८ करोड बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि रु दुई अर्ब सात करोड लाग्ने अनुमान छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की, ४४३ दशमलव नौ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् ।

प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ चार हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब रु एक अर्ब ६५ क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु चार अर्ब ९४ करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।

Previous Post

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

Next Post

बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

metakhabar

metakhabar

सम्बन्धित खबर

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
आवाज

पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा

२५ भदौ २०८३,
सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी
फिचर-ब्यानर

बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

२५ भदौ २०८३,
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
आर्थिक

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

२५ भदौ २०८३,
काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको रोजगारी वृद्धि पाँच महिनायताकै उच्च, बेरोजगारी दर २ प्रतिशत

२५ भदौ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसद्वारा विपद् प्रभावितका लागि ४६ सदस्यीय मनोसामाजिक परामर्श टोली तयार

२५ भदौ २०८३,
राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग
समाचार

राष्ट्रियसभामा भोटेकोशी बाढीबारे आवाज : जलवायु न्यायका लागि तथ्यसहित अन्तर्राष्ट्रिय पहल गर्न माग

२५ भदौ २०८३,
Load More
Next Post
सूचीकृत नहुने सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराउने सरकारको तयारी

बालबालिकाको सामाजिक सञ्जालमा इयुको कडाइ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In