• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

    गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

    ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

    नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

    भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

    भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

    पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

    पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

    भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

    भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ भदौ २०८३,
0
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

जनकपुरधाम। मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरेको छ।

ग्रामीण बस्ती, बजार क्षेत्र र मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले प्रदेश सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत उक्त अवधिमा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरिएको हो।

निर्माण भएका सडकमा ढलान, ग्राभेल र कच्ची सडक रहेका छन्। मन्त्रालयका अनुसार २२७.०६ किलोमिटर ढलान सडक निर्माण गरिएको छ भने ३३६.६८ किलोमिटर सडक ग्राभेल गरिएको छ। त्यस्तै, २७.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ।

सडक निर्माणसँगै पानी निकास तथा सडक संरक्षणका लागि ६१.१० किलोमिटर पक्की नाला पनि निर्माण गरिएको जोशीले जानकारी दिए। वर्षायाममा सडकमा हुने क्षति न्यूनीकरण तथा पानीको उचित निकासका लागि नाला निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

प्रदेश सरकारले सडकसँगै साना तथा मझौला पुल र अन्य संरचना निर्माणलाई समेत अघि बढाएको छ। गत आवमा विभिन्न जिल्लामा १३८ कल्भर्ट, १८४ ह्युमपाइप र तीनवटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

सडक, पुल, कल्भर्ट र ह्युमपाइप निर्माण भएपछि ग्रामीण क्षेत्रबाट बजार तथा सदरमुकामसम्मको आवागमन सहज भएको मन्त्रालयको दाबी छ। विशेषगरी वर्षायाममा पानी जम्ने तथा खोल्सा र खहरेका कारण अवरुद्ध हुने ग्रामीण सडकमा आवश्यक संरचना निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको जनाइएको छ।

सूचना अधिकारी जोशीका अनुसार सडक पहुँच विस्तारबाट ग्रामीण क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। सडकको पहुँच बढेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, विद्यालय तथा स्वास्थ्य संस्थामा आवतजावत गर्न र दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको उनले बताए।

“सडक निर्माणसँगै यातायातका साधन सञ्चालनमा सहजता आएको छ। ग्रामीण क्षेत्रका बासिन्दाले वर्षायाममा समेत पहिलेको जस्तो आवतजावतको समस्या भोग्नुपरेको छैन,” उनले भने।

मन्त्रालयका प्रवक्ता प्रवीणप्रताप अधिकारीले सडक निर्माणलाई यातायात सुविधा विस्तारसँगै प्रदेशको आर्थिक तथा सामाजिक विकाससँग जोडेर अघि बढाइएको बताए। ग्रामीण बस्तीलाई बजारसँग जोड्ने, कृषि उत्पादनलाई सहज रूपमा बजार पुर्‍याउने तथा उद्योग, व्यापार र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

“हामीले गाउँ र सहरलाई जोड्ने सडक तथा पुल निर्माणलाई तीव्रता दिएका छौँ,” उनले भने, “यसबाट सर्वसाधारणको दैनिक जीवनयापन सहज हुनुका साथै आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ।”

प्रदेशका सबै स्थानीय तह तथा ग्रामीण बस्तीलाई भरपर्दो सडक सञ्जालमा जोड्ने लक्ष्यसहित आगामी दिनमा पनि पूर्वाधार निर्माणलाई निरन्तरता दिइने अधिकारीले बताए। उनका अनुसार मुख्य सडक, ग्रामीण सडक, कृषि सडक तथा स्थानीय तहका केन्द्र जोड्ने सडकलाई प्राथमिकताका आधारमा स्तरोन्नति गर्दै लैजाने नीति प्रदेश सरकारले लिएको छ।

सडक निर्माणसँगै पुल, कल्भर्ट, नाला तथा अन्य आवश्यक संरचनालाई पनि सँगसँगै अघि बढाइने मन्त्रालयले जनाएको छ। वर्षायाममा अझै पनि कतिपय ग्रामीण क्षेत्रमा यातायात सञ्चालनमा कठिनाइ रहेकाले सडक स्तरोन्नति तथा संरचना निर्माणलाई प्राथमिकता दिइएको हो।

प्रदेश सरकारले नयाँ सडक निर्माणसँगै पुराना तथा जीर्ण सडकको स्तरोन्नति र कालोपत्रलाई समेत प्राथमिकता दिएको छ। प्रवक्ता अधिकारीका अनुसार प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा कम्तीमा पाँच किलोमिटर सडक कालोपत्र गर्ने उद्देश्यले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ।

सडक तथा पुल निर्माणले प्रदेशका विभिन्न जिल्लाबीचको यातायात तथा आर्थिक सम्बन्ध थप मजबुत हुने सरकारको अपेक्षा छ। जनकपुरधामलगायत प्रमुख सहरसँग ग्रामीण क्षेत्रको सम्पर्क विस्तार भएपछि व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले बताए।

अघिल्लो समाचार

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

अर्को समाचार

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?
समाचार

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

१३ कात्तिक २०८३,
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
समाचार

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

१३ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
फिचर-ब्यानर

नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

१३ कात्तिक २०८३,
भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
फिचर-ब्यानर

भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

१३ कात्तिक २०८३,
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन
समाचार

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

१३ कात्तिक २०८३,
भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका
समाचार

भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनमा सरकार: चिकित्सा शिक्षामा कहाँ कसरी हुँदैछ सुधार ?

१३ कात्तिक २०८३,
जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

१३ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

नेपालका २० लाखभन्दा बढी भिडियो टिकटकले किन हटायो ?

१३ कात्तिक २०८३,
भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

भोटेकोशी बाढीले सडक अवरुद्ध भएपछि स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

१३ कात्तिक २०८३,
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

१३ कात्तिक २०८३,
भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन