• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ भदौ २०८३,
0
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

महेन्द्रनगर। कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ ।

भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहनुभएको छ उहाँले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उहाँको दुखेसो छ ।

“छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उहाँले भन्नुभयो, “घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइँन ।”

माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ । “घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन”, रानाले भन्नुभयो, “छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।”

उहाँका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताउनुभयो । “आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो”, उहाँले भन्नुभयो, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।”

गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोख्नुभयो ।

“घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए”, उहाँले भन्नुभयो, “बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।” कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताउनुभयो ।

“कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ”, रानाले भन्नुभयो, “तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन । हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् ।” “तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए”, उहाँले भन्नुभयो, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ ।”

हराइरहेका कालु रानाका श्रीमती रेखाले छोराछोरी बुवा आउने आशामा बसेको बताउनुभयो । “छोराछोरी बुवालाई फोन गर, कुरा गर्छौं भन्छन्”, रेखाले भक्कानिँदै भन्नुभयो, “यतिकादिन भयो फोन आउँदैन । पहिले दिनमा तीन पटकसम्म फोन गर्थे ।”

उहाँले श्रीमान् सम्पर्कविहीन हुँदा आफूहरु बिचल्ली हुने अवस्थामा पुगेको बताउनुभयो । “अब छोराछोरी कसले पढाइदिने”, उहाँले भन्नुभयो, “सरकारसँग बिन्ती छ । हाम्रा मान्छेको खोजी गरिदिनु ।”

त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा सोमबार निराश हुँदै काठमाडौँबाट घर फर्किंदै हुनुहुन्छ । पच्चीस वर्षीय छोरा दीपेन्द्र डगौरा लाङ्टाङ जलविद्युत् आयोजनामा कार्यरत रहेकैबेला यही भदौ १० गतेको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन हुनुभएको छ ।

“न सास भेटिने भयो न त लास नै । निकै पीडा भयो ।” बुवा विनोद डगौराले भन्नुभयो, “एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामै विलिय भयो ।” मजदुरीका लागि छोरा दीपेन्द्र रसुवा पुगेको उहाँले बताउनुभयो ।

“अवस्थाले पढाउन सकेको भए आज रसुवामा हराउनुपर्ने थिएन”, उहाँले भन्नुभयो, “गरिबीले मजदुरीमा पुर्‍यायो । बाढीले परिवार नै बिचल्लीमा पार्‍यो भोटेकोशी बाढीमा परेर कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।”

अघिल्लो समाचार

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

अर्को समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन