• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

metakhabar by metakhabar
२३ भदौ २०८३,
0
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर। कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरनुभएको छ ।

भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहनुभएको छ उहाँले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उहाँको दुखेसो छ ।

“छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उहाँले भन्नुभयो, “घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइँन ।”

माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ । “घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन”, रानाले भन्नुभयो, “छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।”

उहाँका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताउनुभयो । “आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो”, उहाँले भन्नुभयो, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।”

गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोख्नुभयो ।

“घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए”, उहाँले भन्नुभयो, “बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।” कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताउनुभयो ।

“कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ”, रानाले भन्नुभयो, “तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन । हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् ।” “तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए”, उहाँले भन्नुभयो, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ ।”

हराइरहेका कालु रानाका श्रीमती रेखाले छोराछोरी बुवा आउने आशामा बसेको बताउनुभयो । “छोराछोरी बुवालाई फोन गर, कुरा गर्छौं भन्छन्”, रेखाले भक्कानिँदै भन्नुभयो, “यतिकादिन भयो फोन आउँदैन । पहिले दिनमा तीन पटकसम्म फोन गर्थे ।”

उहाँले श्रीमान् सम्पर्कविहीन हुँदा आफूहरु बिचल्ली हुने अवस्थामा पुगेको बताउनुभयो । “अब छोराछोरी कसले पढाइदिने”, उहाँले भन्नुभयो, “सरकारसँग बिन्ती छ । हाम्रा मान्छेको खोजी गरिदिनु ।”

त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा सोमबार निराश हुँदै काठमाडौँबाट घर फर्किंदै हुनुहुन्छ । पच्चीस वर्षीय छोरा दीपेन्द्र डगौरा लाङ्टाङ जलविद्युत् आयोजनामा कार्यरत रहेकैबेला यही भदौ १० गतेको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन हुनुभएको छ ।

“न सास भेटिने भयो न त लास नै । निकै पीडा भयो ।” बुवा विनोद डगौराले भन्नुभयो, “एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामै विलिय भयो ।” मजदुरीका लागि छोरा दीपेन्द्र रसुवा पुगेको उहाँले बताउनुभयो ।

“अवस्थाले पढाउन सकेको भए आज रसुवामा हराउनुपर्ने थिएन”, उहाँले भन्नुभयो, “गरिबीले मजदुरीमा पुर्‍यायो । बाढीले परिवार नै बिचल्लीमा पार्‍यो भोटेकोशी बाढीमा परेर कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।”

Previous Post

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

Next Post

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
समाचार

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

२३ भदौ २०८३,
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन
समाचार

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

२३ भदौ २०८३,
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
समाचार

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

२३ भदौ २०८३,
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
समाचार

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

२३ भदौ २०८३,
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा
समाचार

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

२३ भदौ २०८३,
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
खेलमैदान

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

२३ भदौ २०८३,
Load More
Next Post
काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In