• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० भदौ २०८३,
0
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेकाे बताए । उनका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु छ लाख एक हजार प्रदान गरेको छ ।

बागलुङ कालिका मन्दिरद्वारा ११ लाख हस्तान्तरण

बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ । समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा वाग्लेले सङ्कटको घडीमा बागलुङ कालिका गुठीले देखाएको यो मानवीय संवेदनशीलता र सहयोगको सराहना गरे । उनले उक्त रकम बाढीपीडितको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत र पुनःरुत्थानमा उपयोग गरिने प्रतिबद्धता जनाए ।

बिपी प्रतिष्ठानद्वारा ३७ लाख सहयोग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग प्रदान गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका आर्थिक प्रशासन प्रमुख मोहनकुमार राईले जानकारी दिए।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीहरुबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट सहयोगस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको उनले जानकारी दिए ।

चितवनका स्थानीय तह राहतमा सङ्कलनमा

चितवनका स्थानीय तहले राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायत साधन पनि परिचालन गरिरहेका छन् ।

इच्छाकामना गाउँपालिकाका चार जना नागरिक बेपत्ता भएका जनाउँदै बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि रु ११ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले जानकारी दिए ।

कालिका नगरपालिकाले रु ३५ लाख, माडी नगरपालिकाले रु. ४३ लाख ९८ हजार २०६, खैरहनी नगरपालिकाले रु १५ लाख सहयोग उपलब्ध गराउनुका साथै राप्ती नगरपालिकाले बाढीपछि नगरका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायत साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिरहेको नगरप्रमुख शमशेर लामाले जानकारी दिए।

यसअघि भरतपुर महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन् । स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोतसमेत यस कार्यमा परिचालन गरिएका छन् ।

Previous Post

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

Next Post

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

metakhabar

metakhabar

सम्बन्धित खबर

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित
खेलमैदान

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

२० भदौ २०८३,
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
समाचार

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

२० भदौ २०८३,
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह
समाचार

खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह

२० भदौ २०८३,
Load More
Next Post
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In