• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० भदौ २०८३,
0
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त विवरणअनुसार विभिन्न २१ वटा सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिगत रूपमा सो रकम सङ्कलन गरी सहयोग गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरिरहेकाे बताए । उनका अनुसार जिल्लाबाट सबैभन्दा बढी नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु छ लाख एक हजार प्रदान गरेको छ ।

बागलुङ कालिका मन्दिरद्वारा ११ लाख हस्तान्तरण

बागलुङको कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ । समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा वाग्लेले सङ्कटको घडीमा बागलुङ कालिका गुठीले देखाएको यो मानवीय संवेदनशीलता र सहयोगको सराहना गरे । उनले उक्त रकम बाढीपीडितको आवश्यकताका आधारमा पारदर्शी ढङ्गले राहत र पुनःरुत्थानमा उपयोग गरिने प्रतिबद्धता जनाए ।

बिपी प्रतिष्ठानद्वारा ३७ लाख सहयोग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढीपीडितका लागि रु ३७ लाख दुई हजार सहयोग प्रदान गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको प्रतिष्ठानका आर्थिक प्रशासन प्रमुख मोहनकुमार राईले जानकारी दिए।

प्रतिष्ठानका पदाधिकारी, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा पूर्वकर्मचारीहरुबाट एक दिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सनबाट सहयोगस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिएको उनले जानकारी दिए ।

चितवनका स्थानीय तह राहतमा सङ्कलनमा

चितवनका स्थानीय तहले राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायत साधन पनि परिचालन गरिरहेका छन् ।

इच्छाकामना गाउँपालिकाका चार जना नागरिक बेपत्ता भएका जनाउँदै बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि रु ११ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीले जानकारी दिए ।

कालिका नगरपालिकाले रु ३५ लाख, माडी नगरपालिकाले रु. ४३ लाख ९८ हजार २०६, खैरहनी नगरपालिकाले रु १५ लाख सहयोग उपलब्ध गराउनुका साथै राप्ती नगरपालिकाले बाढीपछि नगरका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायत साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिरहेको नगरप्रमुख शमशेर लामाले जानकारी दिए।

यसअघि भरतपुर महानगरपालिकाले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन् । स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोतसमेत यस कार्यमा परिचालन गरिएका छन् ।

अघिल्लो समाचार

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

अर्को समाचार

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन