काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का प्रतिनिधि सभाको बैठकमा सहभागी भएको अवस्थामा अस्वस्थ भएका छन्।
प्रतिनिधि सभाको बिहीबार बैठकमा सांसदहरूले भोटेकोसी बाढीबारे आफ्नो धारणा सार्वजनि गरिरहेका बेलामा उनी अवस्थ भएका हुन् । उनले सो बैठकमा बाढीपीडितप्रति सरकारले खोज, उद्धार तथा राहत वितरणमा विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनले खोज तथा उद्धारमा जोड दिन आग्रह गरेका थिए।
यस्तै राप्रपाका सांसद सोम शर्माले आफ्नो धारणा सार्वजनिक गरिरहेका बेला सांसद खड्का आफ्नै सीटमा ढलेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई रोकेका थिए। उनलाई अन्य सांसदले सहयोग गरेर उपचारका लागि अस्पतला जैजान सल्लाह दिएका थिए । संसद् सचिवालयमै उनको स्वास्थ्य जाँच गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि थप उपचार र चेकजाँचका लागि सांसद खड्कालाई वीर अस्पताल जैजाने तयारी गरिएको स्रोतले जनाएको छ ।













