• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याउखेतीमा कर्मको छलाङ

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
स्याउखेतीमा कर्मको छलाङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाएका छन् । आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउखेतीमा सक्रिय छन् ।

स्याउखेतीमा उनका परिवारको तीन पुस्ताको इतिहास छ । सानैदेखि बाबुबाजेसँगै स्याउखेतीमा संलग्न गुरुङ मुस्ताङमा किसानका रुपमा स्थापित छन् । उनको लोभ लाग्दा स्याउ बगैँचाले कर्म गरे यही सुन फल्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । स्याउ किसान गुरुङको मेहनत, परिश्रम र दृढ इच्छा शक्तिले कुनै पनि व्यक्तिले चाहेका खण्डमा के सम्भव छैन भन्ने पाठ सिकाएको छ ।

यतिबेला गुरुङका बगैँचामा स्थानीय र हाइब्रिड जातका स्याउ बोटमा लटरम्म राताम्मे स्याउ फलेका छन् । गुरुङले आफ्नो बगैँचामा फलेका स्याउलाई पैसा फलेको सङ्ज्ञा दिन्छन्।

किसानले गुरुङले सदियौदेखि परम्परागत स्याउखेतीलाई निरन्तरता दिँदै पछिल्ला दशकदेखि व्यावसायिक रुपमा छिटो उत्पादन दिने उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउखेतीतर्फ लागि परेका छन्। उनले मुस्ताङको ढुम्बा, सम्ले, सिन्तामणि रिसोर्टलगायत विभिन्न स्थानमा निजी, अन्य व्यक्ति तथा समुदायको जग्गा भाडामा लिएर व्यावसायिक स्याउखेती गरिरहेका छन् । अहिले करिब ७०० रोपनी क्षेत्रफलमा कर्मशील कृषक गुरुङले बगैँचा विस्तार गरेका छन् ।

उनले आफ्नो र भाडामा लिएको जग्गामा पाँच हजार बढी स्थानीय जातका लोकल स्याउका बोट र ५७ हजार बढी हाइब्रिड जातका छिटो उत्पादन दिने स्याउका बिरुवा विस्तार गरिसकेका छन् ।

स्याउखेतीमा योजनाबद्ध रुपमा समर्पित हुनसकेमा लक्ष्यप्राप्ति गर्न कुनै समस्या नहुने जनाउँदै किसान गुरुङले स्याउखेतीका लागि १० वटा जर्सी गाई, ६०० च्याङ्ग्रा र २५ वटा मौरीको घार व्यवस्थापन गरेका छन् ।

स्याउखेतीलाई अर्गानिक उत्पादन दिलाउन उनले पर्याप्तमात्रामा पशुचौपाया र मौरीको घार विस्तार गरेका हुन् । गुरुङले मुस्ताङको विश्वमै चर्चामा रहेको सिन्तामणि रिसोर्ट नजिकै रहेको ७० रोपनी जग्गामा करिब १३ हजार बढी हाइब्रिड स्याउका बिरुवा रोपेका छन् । किसानकर्मको चिम्ले अचार्ड कृषि स्याउ फार्म मुख्य ब्राण्ड बनिसकेको छ ।

गत वर्ष स्थानीय र हाइब्रिड स्याउ गरी आफूले ४०० मेट्रिकटन स्याउ उत्पादन गरी करिब रु १२ करोड बराबरको आर्थिक कारोबार गरेको उहाँ बताउँछन् ।

यस वर्ष किसान गुरुङले ७०० मेट्रिकटन स्याउ उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । यस वर्ष स्याउको परागसेचन हुने समयमा मौसम अनुकूल भएकाले स्याउ उत्पादन निकै राम्रो देखिएको किसान गुरुङ बताउँछन् । यस वर्ष उत्पादन हुने स्याउबाट करिब रु १७ करोडदेखि २० करोडसम्मको आर्थिक कारोबार हुने किसान गुरुङको प्रारम्भिक प्रक्षेपण छ ।

मुस्ताङमा आफ्नो फार्ममा उत्पादन भएको स्याउको सबै मापदण्ड पूरा गरी बजार पु¥याउने गरेको उनको दाबी छ । यस वर्ष उत्पादन भएको स्याउ काठमाडौँ पुर्‍याएर बिक्री गर्ने तयारी भइरहेको बताए।

विगतका वर्षमा सडक सहज नहुँदा बजारीकरणका लागि निकै समस्या र चुनौती हुने गरेकामा पछिल्लो समय यातायातको सहज पहुँचपछि स्याउ ढुवानी गर्न समस्या नभएको उनी बताउँछन् ।

उनको चिम्ले अचार्ड कृषि फार्ममा २५ जनाभन्दा बढीले बाह्रै महिना रोजगारी पाएका छन् भने १०० भन्दाबढी श्रमिकले अल्पकालीन रोजगारी प्राप्त गरिरहेका छन् । वार्षिक रुपमा प्राप्त आम्दानी उहाँले स्याउखेती विस्तारमै लगानी गर्दै आएका छन्। इटालीबाट आयात गरिएको विदेशी उच्च घनत्वको हाइब्रिड स्याउखेतीका लागि पर्याप्त पूर्वाधार तथा बिरुवालाई आवश्यकपर्ने टेकोसमेत विदेशबाट व्यवस्थापन गरेका छन् । युटुब भिडियो हेर्दै स्याउखेतीबारे जानकारी हासिल गर्दै आएका गुरुङले त्यसबाट खेती गर्ने तरिकाबारे गहकिलो ज्ञान प्राप्त हुने गरेको प्रतिक्रिया दिन्छन् ।

पछिल्ला वर्षमा जलवायु परिवर्तनको असरले स्याउखेतीतर्फ निकै असर पु¥याउन थालेको उहाँको भनाइ छ । कृषक गुरुङका अनुसार, यसबीचमा पनि स्याउखेतीका लागि अनुकूलका उपाय र उपयुक्त व्यवस्थापन गर्नसकेमा जलवायु परिवर्तनका असरबाट हुने क्षति रोक्न सकिनेछ ।

उनको घरपझोङ गाउँपालिकाभित्र करिब आधा दर्जन बढी स्याउ ब्लग रहेको छ । कर्मको स्याउ विस्तार अभियानमा परिवारका सबै सदस्यको साथ सहयोग रहेकाले उनको उत्साह अझ बढेको छ ।

Previous Post

अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

Next Post

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

metakhabar

metakhabar

सम्बन्धित खबर

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
Load More
Next Post
अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In