• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

    भोजपुरमा कोदोखेती घट्दै

    भोजपुरमा कोदोखेती घट्दै

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    भन्सार छलीको सामान दाखिला

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका

metakhabar by metakhabar
९ भदौ २०८३,
0
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती, ९ भदौः अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो–कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ ।

डिभिजन वन कार्यालय, राप्ती, मनहरीको आयोजना र भर्‍याङ कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा मूर्ति निर्माण गरिएका थिए । विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको थियो ।

जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै प्रसिद्ध दूधमतिबाट ल्याइएको जलले ती मूर्तिमा सेचन गरिनुले पनि यहाँको धार्मिक महिमा र गरिमालाई अझै बढाएको छ ।

यस क्षेत्रमा प्राकृतिक रुपमा नै उम्रिएका अशोकका रुख छन् । परिसरलाई अशोक बाटिकाकै रुपमा विकास गर्ने सोच राखिएको डिभिजन वन कार्यालय, राप्ती मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिनुभयो ।

“हामी यहाँका अशोकका वृक्षलाई संरक्षण गर्दै थप बिरुवासमेत रोप्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस परिसरलाई व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिपरेका छौँ ।” सीता अशोक बाटिका नाम दिइएको यस स्थानमा राखिएको सीता र त्रिजटाको मूर्ति विश्वमै दुर्लभ रहेको विश्वास गरिन्छ ।

केही धर्म गुरुले भगवान्सँगै राक्षसको मूर्ति राख्न हुँदैन भन्ने तर्क राखेका थिए । राक्षस पक्षधर भए पनि एउटी महिलामाथि परेको सङ्कटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई भूमिकाका आधारमा भगवान्सरह नै मान्नुपर्ने तर्क गरिएको स्थानीयवासी बताउँछन् ।

लङ्कामा सीतालाई अपहरण गरेर रावणले लगेपछि सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला प्रदान गरेको धर्मग्रन्थमा उल्लेख छ । बाँदर सेनासहितका राम लक्ष्मणले लङ्कामा जित्दै गरेको र छिट्टै सीता र रामको भेट हुने अवस्था रहेको सकारात्मक सन्देश प्रवाह गरेर त्रिजटाले सीतालाई हतोत्साही हुनबाट रोकेका विभिन्न किंवदन्ती रहेका छन् । उक्त मूर्ति मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिना लगाएर बनाउनुभएको हो ।

यो क्षेत्रलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थलका रुपमा विकास गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाले बताउनुभयो ।

उहाँका अनुसार राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना र चमेरे गुफाँसँगै पलाँसेस्थित सीता अशोक बाटिका, भर्‍याङ कालिका मन्दिर आदिलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउन खोजिएको छ ।

यहाँस्थित भर्‍याङ कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गरेको छ । त्यसदिन पूर्वको विराटनगरदेखि पश्चिमको बुटवलसम्मका मानिस मेला भर्न आउने गरेको उहाँले बताउनुभयो ।

उक्त दिन पूजाआजा गरेमा मनोकामना सिद्ध हुने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । मङ्सिर पूर्णिमाका दिन करिब ३० हजारको सङ्ख्यामा दर्शनार्थी मेलामा सहभागी बन्ने गरेको उहाँले जानकारी दिनुभयो ।

राम र रावणको दरबार बनाउने दीर्घकालीन सोच

रावणले सीतालाई हरण गरेर अशोक बाटिकामा लगेर राखेको परिवेशलाई जीवन्त रुपमा चित्रण गर्नेगरी यहाँस्थित सीता अशोक बाटिका परिसरमा रावणको दरबार बनाउने सोच राखिएको छ ।

वडाध्यक्ष वाइबाका अनुसार परिसरमा अशोक बाटिकासँगै पारी पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार बनाउने सोच छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को तयारी गरिएको छ । सो योजनालाई सम्पन्न गर्न करिब रु १५ करोड बराबरको लागत अनुमान छ ।

“हामी यस क्षेत्रलाई बागमती प्रदेशमा आएका पर्यटकलाई न्यूनतम एक दिन बिताउनसक्ने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ भन्ने सोचमा छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट साथ, सहयोग पाउने विश्वासमा छौँ ।”

सीता अशोक बाटिका, जलपरी झरनाका साथै यहाँको चेपाङ सङ्ग्रहालयलगायत गन्तव्यलाई समेटेर महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सञ्चारकर्मी रामकुमार एलन बताउनुहुन्छ ।

“सबैको एकताबद्ध प्रयास भएमा यो क्षेत्र प्रकृति, संस्कृतिसँगै धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “आवश्यक पूर्वाधारको विकास गर्न सकिएमा आन्तरिक पर्यटकका अलावा मित्रराष्ट्र भारतबाट हेटौँडा आउने पर्यटकलाई न्यूनतम एक दिन घुम्नैपर्ने गन्तव्यका रुपमा यस क्षेत्रलाई स्थापित गर्न सकिन्छ ।”

Previous Post

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

Next Post

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

metakhabar

metakhabar

सम्बन्धित खबर

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
आवाज

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

९ भदौ २०८३,
पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो
आर्थिक

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

९ भदौ २०८३,
भोजपुरमा कोदोखेती घट्दै
आवाज

भोजपुरमा कोदोखेती घट्दै

९ भदौ २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

भन्सार छलीको सामान दाखिला

९ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

९ भदौ २०८३,
बढ्यो पेट्रोल र डिजलको मुल्य
आर्थिक

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

९ भदौ २०८३,
Load More
Next Post
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In