• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय

metakhabar by metakhabar
११ साउन २०८३,
0
बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ । उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन् ।

विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध तथा सस्तो आयातित माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय दबाबमा परेको किसानहरूको भनाइ छ ।

नेपाल मत्स्य विकास सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योगसरहको लागत र महसुलको भार किसानले व्यहोर्नुपरेको छ ।

उनले भने, “माछापालन कृषि व्यवसाय भए पनि व्यवहारमा उद्योगसरहको भार किसानले बोक्नु परेको छ । विद्युत् महसुल, दाना र अन्य सामग्रीको लागत बढ्दै गएको छ तर उत्पादनको मूल्य त्यसअनुसार बढेको छैन । यसले किसानको लगानी नै जोखिममा परेको छ ।”

सङ्घका अनुसार झापामा वार्षिक करिब एक हजार ५०० टन माछा उत्पादन हुने गरेको छ भने करिब २०० जना किसान व्यावसायिक माछापालनमा संलग्न छन् । लागत बढ्दै गएपछि नयाँ लगानीकर्ता आकर्षित हुन नसकेको र केही किसानले व्यवसाय विस्तारको योजना स्थगित गरेका छन् ।

व्यावसायिक किसान हरिप्रसाद मैनालीले माछा उत्पादन लागत नियन्त्रण गर्न कठिन हुँदै गएको बताए ।

“दाना, औषधि, विद्युतीय उपकरण र श्रम खर्च निरन्तर बढिरहेको छ । बजारमा माग भए पनि लागत धेरै भएकाले अपेक्षित उत्पादन गर्न सकिएको छैन । सरकारले प्राविधिक सहयोग र उत्पादनमैत्री नीति ल्याउनुपर्छ,” उनले भने ।

किसान राजु सापकोटाले गुणस्तरीय दाना, आधुनिक प्रविधि र प्राविधिक तालिमको अभावले उत्पादन क्षमता बढाउन चुनौती थपिएको उल्लेख गर्दै प्रविधिमैत्री माछापालनलाई राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

किसानका अनुसार झापामा उत्पादन हुने माछाले पूर्वी नेपालको ठूलो बजार धान्न सक्ने क्षमता भए पनि चिस्यान भण्डारण, बजार व्यवस्थापन, मूल्य स्थिरीकरण र आयात नियन्त्रणको अभावले स्वदेशी उत्पादनले अपेक्षित लाभ लिन सकेको छैन ।

Previous Post

प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

Next Post

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In