• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

    सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

    सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

metakhabar by metakhabar
४ साउन २०८३,
0
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण सञ्चालन गरेपछि मध्यपूर्वमा युद्ध थप चर्किएको छ । अमेरिकी आक्रमणसँगै कुवेत, बहराइन, जोर्डन र सिरियासम्म सुरक्षा अवस्था तनावपूर्ण बनेको छ भने इरानले पनि आफ्नो प्रतिआक्रमणलाई तीव्र बनाएको जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले आइतबार राति इरानमाथि नयाँ हवाई आक्रमण सुरु गरिएको पुष्टि गर्दै यसको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाज तथा नागरिक जलयातायातमाथि आक्रमण गर्न प्रयोग भइरहेका इरानी सैन्य क्षमतालाई कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार यो लगातार नवौँ रातको आक्रमण हो ।

यससँगै बहराइनले हवाई आक्रमणको साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । कुवेतले पनि इरानी आक्रमणपछि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोनहरू अवरोध गरेको जनाएको छ । कुवेती सेनाका अनुसार सुनिएका विस्फोटहरू ती ड्रोनहरूलाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पार्ने क्रममा भएका थिए ।

इरानको रिभोलुसनरी गार्ड्सले भने सिरियाको अल–तान्फ क्षेत्रमा रहेको शत्रुपक्षको विशेष अपरेसन कमान्ड सेन्टरमाथि ‘आश्चर्यजनक आक्रमण’ गरिएको दाबी गरेको छ । सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार उक्त आक्रमण दक्षिणपूर्वी इरानको इरानशहरमा मारिएका सैनिकहरूको बदलास्वरूप गरिएको हो ।

इरानले आइतबार कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डालाई पनि लक्षित गरी आक्रमण गरेको जनाएको थियो । तेहरानले अमेरिकाले निर्माणाधीन आणविक ऊर्जा केन्द्रसहित यातायात तथा पूर्वाधार संरचनामाथि निरन्तर आक्रमण गरिरहेकाले त्यसको प्रतिकारस्वरूप आफ्ना कारबाही जारी रहेको दाबी गरेको छ । जोर्डनले पनि आइतबार आफ्नो आकाशमा प्रवेश गरेका मिसाइलहरू अवरोध गरेको जानकारी दिएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धको केन्द्रमा रहेको हर्मुज जलघाँटी अझै तनावको केन्द्र बनेको छ । विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने यो जलमार्गमा इरानले जहाज आवतजावतमा अवरोध गर्दै आएको छ । आइतबार रिभोलुसनरी गार्ड्सले जलघाँटी पार गर्ने प्रयास गरिरहेका चार जहाजमध्ये दुईलाई रोकेको र अन्य दुई जहाजले यात्रा नै स्थगित गरेको दाबी गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका अमेरिकी आक्रमणले अमेरिकी सैनिकमाथि भएका आक्रमणको कडा जवाफ दिएको बताउनुभएको छ । सेन्टकमका अनुसार पछिल्ला घटनामा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता छन् । फेब्रुअरीदेखि जारी युद्धमा अमेरिकी सैन्य हताहतको पुष्टि भएको सङ्ख्या १७ पुगेको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालैको लडाइँमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

युद्धसँगै कूटनीतिक प्रयास भने प्रभावहीन देखिएका छन् । विभिन्न मध्यस्थकर्ताले दुवै पक्षलाई पुनः वार्तामा फर्काउने प्रयास गरिरहेका भए पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । इरानका केन्द्रीय सैन्य कमान्डर अली अब्दुल्लाहीले थप अमेरिकी आक्रमण भए निर्णायक र विनाशकारी जवाफ दिइने चेतावनी दिनुभएको छ ।

यसैबीच, इरानको आणविक ऊर्जा सङ्गठनले अमेरिकाले देशको दक्षिणपश्चिममा रहेको निर्माणाधीन डार्कहोभिन आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको आरोप लगाउँदै त्यसलाई अन्तर्राष्ट्रिय कानूनविपरीतको आक्रामक कदम भनेको छ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले घटनाको अध्ययन भइरहेको जनाएको छ । एजेन्सीले उक्त केन्द्रमा आफ्नो पछिल्लो निरीक्षणका क्रममा कुनै पनि आणविक सामग्री नरहेको उल्लेख गरेको छ । आइएइएका महानिर्देशक राफेल ग्रोसीले सबै आणविक संरचनाको वरिपरि सैन्य संयम अपनाउन पुनः आग्रह गर्नुभएको छ ।

Previous Post

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

Next Post

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
आवाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

५ साउन २०८३,
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना
आर्थिक

विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

५ साउन २०८३,
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
आवाज

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

५ साउन २०८३,
नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा
आर्थिक

नेपालका परराष्ट्रमन्त्रीले सगरमाथा आरोही अमेरिकी कूटनीतिज्ञ माइक हार्करलाई बधाई, साहसिक पर्यटन प्रवर्द्धनमा सहकार्यको अपेक्षा

५ साउन २०८३,
सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक
आर्थिक

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

५ साउन २०८३,
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक
आर्थिक

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

५ साउन २०८३,
Load More
Next Post
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In