• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, १६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

    ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

    नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

    त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ साउन २०८३,
0
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, ४ साउनः यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ ।

बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजेपछि भक्तजनको लाम अझ बढेको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाअन्तर्गत मूल मन्दिर हेर्नुहुने विसेट नायके अरुणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बिहान ९ः०० बजेसम्म आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरी दर्शन सकेर फर्कने अवस्था रहेकामा अहिले डेढ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो । आज बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहजरुपमा दर्शन गर्नुभयो ।

मन्दिरको दर्शन गर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

साउने झरीको वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्नुभएको थियो । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजाको व्यवस्था गरिएको छ ।

कोषले यस वर्ष रु एक हजारको टीकट लिएमा सुलभ रुपमा दर्शन गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस व्यवस्थाले सहज रुपमा दर्शन गरी काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पदाधिकारीको नियुक्ति केही दिन अघि मात्रै भएकाले कतिपय विषय व्यवस्थित तुल्याउने सन्दर्भमा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गरिने प्रतिबद्धता जनाउनुभयो ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका पदाधिकारी, कर्मचारी, मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाले सहयोग पु¥याइरहेका छन् ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । आज विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने छ । यस वर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेको कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताउनुभयो । रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले त्यहाँ पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा र दर्शन गर्नै पर्ने परम्परा छ ।

पशुपतिनाथमा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट जल बोकेर आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ ।

पहिलो सोमबारअर्थात् आज कमै मात्रामा बोलबम यात्री जल लिएर आएको बिसेट नायके श्रेष्ठले बताउनुभयो । साउन ११ र १८ गतेको सोमबार भने बोलबम यात्रा गरेर आउने भक्तजन धेरै हुने गरी कार्यक्रम तय भएको जानकारी पनि उहाँले दिनुभयो ।

अघिल्लो समाचार

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

अर्को समाचार

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

१५ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा
आर्थिक

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
फिचर-ब्यानर

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान
समाचार

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि कांग्रेसलाई स्वीकार्य हुँदैन्ः सभापति थापा

१५ कात्तिक २०८३,
ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

१५ कात्तिक २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

१५ कात्तिक २०८३,
सुनको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

१५ कात्तिक २०८३,
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

त्रिविमा जनशक्ति विकासका लागि एक करोड २५ लाख बजेट विनियोजन

१५ कात्तिक २०८३,
खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

खाद्य व्यवस्थाले निर्धारण गरेको मूल्यभन्दा सस्तो धान बेच्दै किसान

१५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन