• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ट्रम्पको चेतावनीपछि इरानद्वारा युद्धविराम पालना गरेको दाबी

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२८ असार २०८३,
0
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको दाबी गरेपछि इरानले आफूले युद्धविरामसम्बन्धी समझदारीको पूर्ण पालना गरेको जनाएको छ ।

शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले वार्ता जारी राख्न आग्रह गरेको दाबी गर्दै अमेरिका वार्ताका लागि तयार भए पनि युद्धविराम भने समाप्त भइसकेको उल्लेख गर्नुभएको थियो । यसअघि नेटो शिखर सम्मेलनमा पनि उहाँले युद्धविराम अन्त्य भएको दाबी गर्दै इरानसँग व्यवहार गर्नु समयको बर्बादी भएको टिप्पणी गर्नुभएको थियो ।

ट्रम्पले इरानले आफूविरुद्ध आक्रमण वा हत्या प्रयास गरेमा इरानलाई ‘पूर्ण रूपमा ध्वस्त पारिने’ चेतावनीसमेत दिनुभएको छ ।

यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानले अहिलेसम्म समझदारीअनुसार आफ्नो दायित्व पूरा गरेको, तर अमेरिकाले सम्झौताका प्रावधान उल्लङ्घन गरिरहेको आरोप लगाउनुभएको छ ।

अराघचीका अनुसार समझदारीपत्रमा इरानले आफ्नो आणविक कार्यक्रमको विद्यमान अवस्था कायम राख्ने तथा अमेरिकाले अन्तिम सम्झौता नहुँदासम्म नयाँ प्रतिबन्ध नलगाउने र थप सैन्य तैनाथी नगर्ने व्यवस्था गरिएको छ । उहाँले अमेरिकाले गरेका पछिल्ला कदमहरू सम्झौताको उल्लङ्घन भएको दाबी गर्नुभयो ।

समझदारीपछि अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष तथा कतारमा अप्रत्यक्ष वार्ता भए पनि त्यसयता कूटनीतिक प्रगतिका कुनै स्पष्ट सङ्केत देखिएका छैनन् ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टनले इरानलाई होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथिका आक्रमण रोक्न र जलमार्ग खुला राख्न शनिबारसम्मको समयसीमा दिएको जनाएका छन् ।
विश्वको ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलसन्धि हाल अमेरिका–इरान तनावको प्रमुख केन्द्र बनेको छ । इरानले उक्त जलमार्ग आफ्नो नियन्त्रणमा हुनुपर्ने अडान राख्दै त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने इच्छा पनि व्यक्त गरेको छ ।

हालै जलसन्धिमा भएका आक्रमणपछि अमेरिकाले इरानमाथि व्यापक सैन्य कारबाही गरेको थियो भने त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।

यसैक्रममा अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुटसमेत खारेज गरेको छ ।

इरानी सरकारी समाचार संस्था इरनाका अनुसार विदेशमन्त्री अराघची होर्मुजसम्बन्धी विषयमा छलफल गर्न शनिबार ओमान जाने कार्यक्रम छ ।

कतारले पनि कूटनीतिक प्रयासलाई निरन्तरता दिएको जनाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार कतारी प्रतिनिधिमण्डल तेहरानमा रहँदै तनाव कम गर्न मध्यस्थतामा सक्रिय छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि कतारका अमिर तथा इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरी क्षेत्रीय शान्ति कायम राख्न आग्रह गर्नुभएको छ ।

यद्यपि, इरानका वरिष्ठ अधिकारीहरूले आफ्नो देश कुनै पनि दबाबमा नझुक्ने र आवश्यक परे राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

Previous Post

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

Next Post

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको भनाइ

२८ असार २०८३,
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

२८ असार २०८३,
विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल
अन्तर्राष्ट्रिय

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

२७ असार २०८३,
न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा
अन्तर्राष्ट्रिय

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

२७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

२७ असार २०८३,
ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
आर्थिक

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

२७ असार २०८३,
Load More
Next Post
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In