• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

metakhabar by metakhabar
२६ असार २०८३,
0
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर, २६ असारः यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ ।

काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उहाँले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । उहाँले करिब रु दुई करोड ५० लाख लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताउनुभयो ।

योजनाबद्ध रूपमा विविध बालीको संयोजन गर्दै उहाँले सात हजार बोट कफी, दुई हजार मेकाडेमिया नट, २५० बोट एभोकार्डो, ३०० बोट कागती, ५० बोट जापानिज उन्सु सुन्तला तथा १०० बोट टिमुर रोप्नुभएको छ । यी बालीहरूबाट दीर्घकालीन आम्दानी लिन सकिने विश्वासका साथ उहाँले खेती विस्तार गरेको बताउनुभयो ।

“गाउँमै धेरै सम्भावना रहेछ । त्यसलाई पहिचान गरेर लगानी गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “सुरुआतमा चुनौती धेरै भए पनि विस्तारै अनुभवसँगै काम अघि बढाउन सहज हुँदै गएको छ ।” कृषि उत्पादनलाई व्यवस्थित र गुणस्तरीय बनाउन उहाँले आफ्नै लगानीमा करिब रु १५ लाख खर्चेर चिस्यान केन्द्र निर्माण गर्नुभएको छ । यसले उत्पादन भण्डारण र गुणस्तर जोगाउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

उत्पादनलाई बजारसम्म पु¥याउन सहज होस् भनेर ढुवानीका लागि सवारी साधनको व्यवस्था पनि गर्नुभएको छ । उहाँको फार्ममा हाल तीन जना कर्मचारीले नियमित रोजगारी पाइरहेका छन्, यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनामासमेत योगदान पुगेको देखिन्छ ।

उहाँले उत्पादन गर्नुभएको कफी अहिले अन्तरराष्ट्रिय बजारसम्म पुग्न थालेको छ । यस वर्ष मात्रै उहाँले करिब एक हजार केजी कफी जापान निर्यात गर्नुभएको छ, जसको मूल्य प्रतिकेजी १२ डलर रहेको छ । “विदेशी बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “तर उत्पादनले बजारको माग धान्न अझै कठिन भइरहेको छ ।”

स्थानीय बजारमा भने उहाँले प्रशोधित कफी प्रतिकेजी करिब रु तीन हजारमा बिक्री गर्दै आउनुभएको छ । कफीको माग निरन्तर बढिरहेको भए पनि उत्पादन विस्तार गर्न थप लगानी, प्राविधिक सहयोग र दक्ष जनशक्ति आवश्यक रहेको उहाँले अनुभव सुनाउनुभयो । कृषि क्षेत्रमा सरकारी निकायबाट प्राविधिक सहयोग र बजार व्यवस्थापनमा थप सहजीकरण आवश्यक रहेको उहाँको भनाइ छ ।
हाल उहाँको फार्मबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । आगामी केही वर्षभित्र सबै बोटहरूले पूर्ण रूपमा उत्पादन दिन थालेपछि वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । “अहिले लगानीको चरणमा छु”, उहाँले भन्नुभयो, “केही वर्षपछि राम्रो प्रतिफल आउने अपेक्षा राखेको छु ।”

काठमाडौँमा आफ्नै घर हुँदाहुँदै गाउँ फर्किएर कृषिमा लाग्ने निर्णयबारे उहाँले आत्मनिर्भरता र गाउँमै अवसर सिर्जना गर्ने उद्देश्य रहेको बताउनुभयो । “युवाहरू विदेश जाने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “तर गाउँमै पनि राम्रो सम्भावना छ भन्ने देखाउन चाहेको हुँ ।”

उहाँको पहलले स्थानीयस्तरमै रोजगारी सृजना गर्नुका साथै आधुनिक कृषि प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धि गर्न प्रेरणा दिएको स्थानीयवासीले बताएका छन् । कृषिमा व्यावसायिक सोच र दीर्घकालीन योजना आवश्यक हुने सन्देश उहाँको अभ्यासले दिएको छ ।

जीवन थापाको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र नभई गाउँ फर्केर केही गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत बनेको छ । गाउँमै सम्भावना खोज्ने र त्यसलाई व्यवहारमा उतार्ने हो भने कृषिबाट पनि सम्मानजनक आम्दानी लिन सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।

उहाँले अन्य किसानले उत्पादन गरेको कफी खरिदसमेत गर्दै आउनुभएको छ । किसानलाई कफीखेतीतर्फ आकर्षित गर्न आफूले जानेको ज्ञान र सीप बाँड्दै आएको उहाँले बताउनुभयो । किसानहरूले उत्पादन गरेको कफीलाई एकीकृत रूपमा सङ्कलन, भण्डारण र बिक्री गर्ने वातावरण बनेमा अझ सहज हुने उहाँको भनाइ छ ।

उमेरले ७१ वर्ष पुग्नुभएका थापा कृषिमा लगानी, लगनशीलता र दूरदृष्टिको उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ ।

Previous Post

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

Next Post

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In