• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

metakhabar by metakhabar
२४ माघ २०८२,
0
व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–५ पहारे बसेनी भौगोलिक रूपमा दुर्गम बस्तीमध्ये पर्छ । सडक, बजार र सेवा सुविधाको पहुँच सीमित रहेको यस गाउँमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ४२ वर्षीय खेम रजाली मगर ।

करिब पाँच वर्षअघि सामान्य व्यापारमा संलग्न रहेका मगरले पछिल्ला दुई वर्षदेखि भने पूर्ण रूपमा व्यावसायिक कृषि कर्मलाई आफ्नो जीवनको मूल आधार बनाएको छन् ।

“अरू साथीहरू विदेशतिर लागे, तर मैले आफ्नै गाउँमा केही गरौँ भन्ने सोच लिएँ”, उनले भने, “विगत दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रासँगै अन्य कृषि कार्य गरिरहेको छु ।”

माषिस पशु, पक्षी तथा कृषि फर्म दर्ता गरी मगर दम्पतीले अहिले आफ्नै गाउँमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा र मौरी पालन गर्दै आएका छन् । यससँगै अम्रिसोको कुचो उत्पादन र बिक्री पनि उनीहरूको आम्दानीको अर्को स्रोत बनेको छ । गाउँको भौगोलिक अवस्था चुनौतीपूर्ण भए पनि कृषि कर्ममा उहाँहरूको लगाव र परिश्रमले अहिले सफल कृषकको रूपमा चिनारी दिएको छ ।

“अहिले फर्ममा लोकल खरी जातका बाख्रा धेरै रहेका छन् । बजारमा खसीको माग अत्यधिक भएकाले बिक्रीको समस्या परेको छैन”, उनले भने, “कुखुरा, हाँस र मह पनि उत्पादन गर्ने गरी बिक्री गरिरहेको छु ।”

आर्थिक रूपमा हेर्दा बाख्राबाट मात्र एक सिजनमा चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । त्यसैगरी मौरीपालाबाट वार्षिक ५०–६० हजार रुपैयाँ र अम्रिसोको कुचो बिक्रीबाट थप आम्दानी हुँदै आएको मगरले बताए ।

“कृषि कर्मबाट भएको कमाइ जोड्दा वर्षमा आठदेखि दश लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ”, उनले भने, “आखिर विदेश नै गएको भए पनि वर्षमा तेती कमाइ हुँदैन होला ।”

श्रीमान्–श्रीमती दुवै जना मिलेर काम गर्ने गरेको मगरको भनाइ छ । बाख्रालाई घाँस, पानी, दवाई श्रीमान् श्रीमती दुवै जना मिलेर काम गर्दा कामको बोझ नभएको मगर दम्पतीको अनुभव रहेको छ ।

“हामी दुवै मिलेर काम गर्छौ, कामको थकानभन्दा आत्मसन्तुष्टि ठुलो छ”, उनले भने, “गाउँघर मै बसेर आफ्नै मेहनतमार्फत परिवारलाई खुसीका साथ पाल्न सकिएकोमा हामी सन्तुष्ट छौँ ।”

दुर्गम गाउँमा बसेर कृषि व्यवसाय गर्नु सजिलो भने छैन । घाँस, दाना, उपचार र बजारसम्म पुर्‍याउने समस्या अझै चुनौतीका रूपमा रहेका छन् । तर पनि स्थानीय स्रोत–साधनको प्रयोग, मेहनत र निरन्तरताले यी समस्या क्रमशः पार गर्न सकिने विश्वास मगरको छ । भविष्यमा यसै व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनी बताउँछन् ।

“उन्नत जातका बाख्रा थप्ने, मौरीका घार बढाउने र उत्पादनलाई व्यवस्थित बजारसम्म पुर्‍याउने लक्ष्य रहेको छ”, उनले भने, “गाउँका अन्य युवालाई पनि कृषि कर्मतर्फ आकर्षित गर्ने चाहना रहेको छ, हेरौँ कति पुरा हुन्छ ।”

खेम रजाली मगरको कृषि कर्ममा हुप्सेकोट गाउँपालिकाले पनि सहयोग र सहकार्य गरिरहेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखाका बुद्धिबहादुर देउजाले बताए ।

“युवाहरू बिदेसिने प्रवृत्तिबिच आफ्नै गाउँमा सम्भावना खोज्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश खेम रजालीजस्ता कृषक दिएका छन्”, पशु सेवा शाखा प्रमुख देउजाले भने ।

Previous Post

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

Next Post

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

metakhabar

metakhabar

सम्बन्धित खबर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
Load More
Next Post
निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

निर्वाचनको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In