• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१३ माघ २०८२,
0
‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको शल्यक्रिया भएको हो ।

अस्पताल आवतजावत, उपचार, खाने बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खस्ने समस्या महिलालाई नि:शुल्क उपचार गराउन अस्पताल लगिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ महिलाको सफल शल्यक्रिया भएको छ, चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाएको छ । तीन जनालाई पुनः बोलाएको छ”, उनले भनिन् ।

नि:शुल्क उपचार गर्ने व्यवस्थासहित बिरामी महिला र उनीहरूका एक–एक जना कुरुवालाई नगरपालिकाले बनेपा पुर्‍याएको थियो । अस्पताल लगिएकामध्ये दुई जनामा रक्तचाप र एक जना महिलामा मधुमेहका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका छन् । एघार वडा रहेको यो नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो ।

लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिला पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते सोही अस्पताल लगेको छ । बाँकी रहेका १८ जनालाई केही दिनभित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।

करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको नि:शुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपा लगेर उपचार गराउने गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए ।

शिविरमा करिब एक हजार २०० बढी महिलाले पाठेघर परीक्षण गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएको र उनीहरूलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिए ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुङ्गा गाउँपालिकाले शिर मेमोरियल अस्पताल लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् । पाठेघरसम्बन्धी बिरामी महिलासहित कुरुवाका लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले नि:शुल्क व्यवस्थापन गर्दै आएका छन् ।

अघिल्लो समाचार

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

अर्को समाचार

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
  • सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    0 shares
    Share 0 Tweet 0
  • निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन