• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना

    अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’

metakhabar by metakhabar
१३ माघ २०८२,
0
‘पाठेघर खस्ने समस्या भएका बिरामी अझै उपचार गर्न अस्वीकार गर्दछन्’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकीमा परीक्षण गर्दा सो समस्या पहिचान भएका २२ महिलामध्ये पहिलो चरणमा १८ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएकामा १३ जनाको शल्यक्रिया भएको हो ।

अस्पताल आवतजावत, उपचार, खाने बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खस्ने समस्या महिलालाई नि:शुल्क उपचार गराउन अस्पताल लगिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। “पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई मात्र अस्पताल लगिएको थियो । अस्पताल लगिएकामध्ये १३ महिलाको सफल शल्यक्रिया भएको छ, चार जनाले अस्पताल जान अस्वीकार गरेका छन् । अस्पताल लगिएकामध्ये दुई जनालाई रिङप्रेसरी राखेर पठाएको छ । तीन जनालाई पुनः बोलाएको छ”, उनले भनिन् ।

नि:शुल्क उपचार गर्ने व्यवस्थासहित बिरामी महिला र उनीहरूका एक–एक जना कुरुवालाई नगरपालिकाले बनेपा पुर्‍याएको थियो । अस्पताल लगिएकामध्ये दुई जनामा रक्तचाप र एक जना महिलामा मधुमेहका कारण तत्काल शल्यक्रिया गर्न नमिल्ने भएपछि पुनः अस्पतालले बोलाएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत अहेव विवेक पराजुलीले जानकारी दिए ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो हलेसी तुवाचुङ नगरपालिकामा पाठेघर खस्ने समस्या भएका महिलामध्ये अधिकांश वृद्धावस्थाका छन् । एघार वडा रहेको यो नगरपालिकाले गत वर्ष ४१ जना महिलाको शल्यक्रिया गराएको थियो ।

लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिला पछिल्लो समय खुलेर उपचार गराउन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरमा समस्या देखिएका ३६ जना महिलामध्ये १८ जनालाई माघ ८ गते सोही अस्पताल लगेको छ । बाँकी रहेका १८ जनालाई केही दिनभित्र लगिने स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिए ।

करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा जिल्लाका दशवटै स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको नि:शुल्क शल्यक्रियासहितको उपचार गराइरहेका छन् । पाठेघर खसेको पहिलो र दोस्रो चरणसम्मका समस्या भएका महिलाको वडा वडामै उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका महिलालाई बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपा लगेर उपचार गराउने गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले गत पुसमा प्रजनन रुग्णता शिविर सञ्चालन गरेका थिए ।

शिविरमा करिब एक हजार २०० बढी महिलाले पाठेघर परीक्षण गरेका छन् । यस्तै, रावाबेँसी गाउँपालिकाको शिविरमा शल्यक्रिया गर्नुपर्ने २१ जना महिला भेटिएको र उनीहरूलाई पनि चाँडै सोही अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिए ।

यसअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र जन्तेढुङ्गा गाउँपालिकाले शिर मेमोरियल अस्पताल लगेर पाठेघरको समस्या भएका महिलाको उपचार गराउँदै आएका छन् । पाठेघरसम्बन्धी बिरामी महिलासहित कुरुवाका लागि अस्पतालसम्म आवतजावत, खाना तथा बस्नका लागि स्थानीय तहले नि:शुल्क व्यवस्थापन गर्दै आएका छन् ।

Previous Post

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

Next Post

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
कोशी टप्पुमा पर्यटनको बढ्दो सम्भावना
आवाज

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

२८ साउन २०८३,
विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
Load More
Next Post
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In