• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

metakhabar by metakhabar
२९ पुस २०८२,
0
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र संस्कृतिबाट अनुशासित, कर्मठ र देशभक्त युवा जनशक्ति उत्पादनमा सेनाको व्यवस्थापनामा भइरहेको राष्ट्रिय सेवा दल (एनसिसी)बाट दिइने तालिम बढाउन र विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

देश निर्माणमा जुट्नुपर्ने होनहार युवाशक्ति आन्दोलन र सङ्घर्षका नाममा राष्ट्रका महत्त्वपूर्ण सम्पदा र धरोहर तोडफोड र जलाउने कार्य समेतमा अग्रसर भएपछि उनीहरूमा मुलुकप्रतिको कर्तव्य र राष्ट्रप्रेमको भावना जागृत तुल्याउन एनसिसी प्रशिक्षण जरुरी देखिएको हो ।

राष्ट्रिय सेवा दलका महानिर्देशक यामप्रसाद ढकाल नवयुवापुस्तालाई अनुशासित, बफादार र नेतृत्व लिन सक्ने देशभक्त र राष्ट्रप्रति समर्पित दक्ष जनशक्ति तयार गर्न सेवा दल अहोरात्र लागि परेको बताउँछन् ।

देश निर्माणका संवाहक युवापुस्तालाई मुलुकप्रति उत्तरदायी बनाउँदै अनुशासित र जिम्मेवार तुल्याउन प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले भने ६ दशकदेखि बेग्लै संरचना खडा गरी ‘राष्ट्रिय सेवा दल’ मार्फत युवालाई तालिम प्रदान गर्दै आएको छ ।

राष्ट्रनिर्माण र विकासमा अनुशासित जनशक्ति उत्पादनका लागि नेपाल सरकारले विसं २०२२ मा राष्ट्रिय सेवा दल स्थापना गरी युवा विद्यार्थीलाई तालिम प्रदान गर्दै आएको छ । सेवा दलको आदर्श वाक्य ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने छ ।

सुरुका वर्षमा काठमाडौँलाई आधार मानेर वार्षिक रूपमा ५०० जनालाई प्रदान गर्न थालिएको तालिम देशभर विस्तारसँगै सहभागीको सङ्ख्या बढाएर प्रतिवर्ष सात हजार ७१० जना पुर्‍याइएको छ ।

नेपालभरबाट माग भइआएका विद्यालयमा सेवा दलले तालिम प्रदान गर्दै आएको छ । महानिर्देशक ढकालका अनुसार प्रत्येक वर्ष यस तालिमको माग बढ्दो छ । एक हजारभन्दा बढी स्कुलले तालिम माग गरे पनि सेवा दलले २५७ वटा विद्यालयमा मात्र पुर्‍याउन सकेको छ । अनुशासित र तालिम प्राप्त जनशक्ति उत्पादन गर्न सरकारले यस तालिमलाई थप प्राथमिकताको सूचीमा राखेर सङ्ख्या बढाउन अपरिहार्य रहेको छ । सेवा दलले तालिमका लागि हरेक वर्ष भरसक फरक विद्यालयको छनोट गर्दै आएको छ ।

छनोटमा परेका प्रत्येक विद्यालयमा पुगेर सेवा दलले १५ जना छात्र र १५ छात्रालाई तालिम प्रदान गर्दै आएको छ । त्यस्तो तालिम देखेर मात्रै पनि सम्पूर्ण विद्यार्थीको मानसिकता परिवर्तन भएको सेवा दलको भनाइ छ ।

छिमेकी मुलुक भूटानले पनि नेपालकै जस्तो सेवा दलको तालिम दिएर स्काउट, स्वयम्सेवक दस्ता र जगेडा बलजस्ता जनशक्ति उत्पादन गरेको र अनुशासित जनशक्ति नभई राष्ट्र अघि बढ्न सक्दैन ।

तालिमपूर्व कुलतमा लागेका युवा पनि एनसिसीको प्रशिक्षणपछि असल मार्गमा फर्किएका छन् । विद्यालयस्तरका विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताको भावना जगाउने असरदार कार्यक्रमका रूपमा पछिल्लो समय सेवा दलको प्रशिक्षण विस्तार भएको छ । सरकारले यसलाई प्राथमिकतामा राखेर वार्षिक रूपमा सङ्ख्या बढाउन आवश्यक रहेको र सेवा दलले सो सङ्ख्या बढाएर वार्षिक रूपमा ११ हजार ५०० पु¥याउनपर्ने आवश्यकता औँल्याएको छ ।

भारतमा यस किसिमको तालिम वार्षिक रूपमा २० लाखलाई दिने गरिएको छ । त्यहाँ सरकारी विद्यालयमा अध्ययनरत पिछडिएको क्षेत्र, विपन्न वर्ग, सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राथमिकता दिइएको छ ।

एनसिसीको विद्यालयमा हुने तालिममा खुराकका रूपमा उपयुक्त आहारको समेत व्यवस्था गरेको छ । ७९ दिनको संस्थागतपछि २१ दिने सामूहिक तालिम दिइन्छ । मोरङको याङसिला, महोत्तरीको बर्दिबास, नवलपरासीको हात्तीखोर र बाँकेको कोहलपुरमा रहेका शिविरमा २१ दिने सामूहिक तालिम प्रदान गरिन्छ ।

उक्त तालिममा सहभागी प्रतिविद्यार्थीका लागि यातायात, पोसाक, खानासमेत गरी ३५ हजार खर्च लाग्ने सङ्गठनले जनाएको छ ।

तालिमका क्रममा उनीहरूलाई अनुशासन, राष्ट्रियता, इतिहास, भूगोल, परम्परा, संस्कृति, सम्पदासम्बन्धी ज्ञान दिलाउनाका साथै नेतृत्व विकास र सैनिक कलामा प्रशिक्षित तुल्याइँदै आइएको छ ।

स्थापनादेखि हालसम्म ८८ हजारभन्दा बढी युवाले सेवा दलको तालिम प्राप्त गरिसकेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

त्यस्ता तालिम प्राप्त जनशक्ति स्वतःस्फूर्त रूपमा निःशुल्क स्वास्थ्य शिविर, बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोप र विपद्पछिको खोज, उद्धार र राहत कार्यमा स्वतः परिचालित हुँदै आएको पाइन्छ ।

देशका पूर्वप्रधानमन्त्रीदेखि उच्च ओहदाका सरकारी अधिकारी, सुरक्षा फौजका उच्चअधिकृत, राजदूत, डाक्टर र इन्जिनियरले समेत उक्त तालिम प्राप्त गरेका छन् ।

तालिममा सहभागीमध्येबाट प्रतिनिधिमूलक रूपमा सार्क राष्ट्रमा युवा अनुभव आदान–प्रदान कार्यक्रममार्फत तत्तत् देशको भूगोल, विकास सम्भावना, कला, साहित्य, प्रकृति र संस्कृतिबारे जानकारी गराइँदै आएको छ ।

तालिम लिएका व्यक्ति सम्मिलित अल्मुनाईमा जिल्ला, प्रदेश र केन्द्रमा क्रमशः कमिटी, सल्लाहकार समिति र संरक्षक समिति छ । त्यस्तो जनशक्तिलाई सुरक्षा फौजमा भर्ना छनोटमा समेत प्राथमिकतामा राखिनुपर्ने आवाजसमेत उठेको छ ।

विक्रम संवत् २००८ मा राष्ट्रिय सेवा दलको तालिम लिएका डा बद्रीराज पाण्डेका अनुसार त्यसबेला नेपाली कांग्रेससमेत सम्मिलित अन्तरिम सरकार थियो । उनीहरू त्रिचन्द्र कलेजमा आइएस्सीमा पढथेँ। “तालिममा छनोट भएपछि गोदावरीमा लगेर आर्मीद्वारा तालिम गराइयो । तोकिएको पोसाक उपलब्ध भयो, कवाज खेलाइयो, विपद्का समयमा अनुशासन र नैतिकताको कसीमा रही परिचालित हुन सिकाइयो,” उनले स्मरण गरे ।

उनले भने, “आपत्कालीन अवस्थामा राष्ट्र र समाजलाई सहयोग पुर्‍याउन प्रेरित गर्ने सेवा दलका तालिमलाई अझै विस्तार गर्दै लैजानुपर्छ । नव युवापुस्तालाई राष्ट्रप्रेम र नैतिकवान् बनाउन आवश्यक छ, ‘चेनअफ कमान्ड’ र अनुशासनबिना राज्य अघि बढ्न सक्दैन ।”

अझ जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् सहितका महत्वपूर्ण भवन र सम्पदामा भएको तोडफोड र आगजनीका घटनाले युवापुस्तालाई अनुशासित र देशप्रति समर्पित भावना जगाउन तालिम प्रशिक्षण विस्तारको आवश्यकता औँल्याइएको छ ।

युवालाई गलत बाटो रोज्न नदिने, अनुशासित र राज्यप्रति उत्तरदायी बनाउने दायित्व राज्यको भएकाले राष्ट्रिय सेवा दलको अवधारणा अघि बढाएर सञ्चालनको जिम्मेवारी भने सेनालाई दिइएको इतिहास छ ।

सेवा दलले विद्यालय तथा उच्च विद्यालयमा अध्यनरत छात्रछात्रालाई शिक्षाका साथै सैनिक तालिमको माध्यमबाट अनुशासन, स्वास्थ्य समाजसेवा, उद्धार कार्य, सामूहिक जिम्मेवारी तथा राष्ट्रियताको भावनाको विकास र अन्तरराष्ट्रिय भाइचारा अभिवृद्धि गराउने उद्देश्यले काम गरिरहेको छ ।

सेवा दलले २५७ विद्यालयमध्ये ३६ विद्यालयमा सिनियर डिभिजन र बाँकी विद्यालयका छात्रछात्रालाई जुनियर डिभिजनमा विभाजन गरी मङ्सिरदेखि माघसम्म वार्षिक रूपमा तालिम प्रदान गर्दै आएको छ ।

यस वर्षको जुनियर डिभिजनको तालिमको समापन यही पुस २९ गते हुँदैछ । सिनियर डिभिजनको दीक्षान्त कबाज आगामी माघ २० का लागि निर्धारण गरिएको छ । तालिमबाट महिला सशक्तिकरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

तालिम दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्बोधन गर्ने परम्पराले विद्यार्थीलाई उत्प्रेरित गर्ने सङ्गठनको विश्वास छ ।

महानिर्देशक ढकालका अनुसार नेपाली युवामा एनसिसी तालिमले सकारात्मक प्रभाव पार्दै आएको छ । राज्यलाई सङ्कट परेका अवस्थामा सशक्त फौज निर्माणमा यो तालिम महत्वपूर्ण साबित हुनेछ । देशलाई आवश्यक सशक्त, जुझारु, अनुशासित एवम् देशभक्त युवा जनशक्ति यसैबाट उत्पादन हुन्छ । तालिमको प्रभावकारिता र उपयोगिता आगामी दिनमा थप बढाउन सकिनेछ । रासस

Previous Post

कांग्रेस विवाद मिलाउन द्विपक्षीय वार्ता सुरु

Next Post

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

metakhabar

metakhabar

सम्बन्धित खबर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने
फिचर-ब्यानर

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

२४ बैशाख २०८३,
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
फिचर-ब्यानर

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

२४ बैशाख २०८३,
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
समाचार

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

२४ बैशाख २०८३,
हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
Load More
Next Post
शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In